राजनीति

विधिको शासन बिना विकास र समृद्धि सम्भव छैन: संयोजक भट्टराई

विधिको शासन बिना विकास र समृद्धि सम्भव छैन: संयोजक भट्टराई
baburam bhatgtarai भदाै - १ । नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय संयोजक डा. बाबुराम भट्टराईले मुलुकको आर्थिक विकास र समृद्धिका लागि विधिको शासन आवश्यक रहेको बताएका छन् । केन्द्रीय कार्यालय बबरमहलमा जनतासँग नियमित भेटघाटको क्रममा डा भट्टराईले जबसम्म जनस्तरमा कानूनी शासन लागू गर्न सकिन्न परिवर्तन र समृद्धि हालिस हुन नसक्न बताए । उनले भने ‘हामी सबैले विधिको शासन अवलम्बन गर्नुपर्छ र पार्टी भित्र पनि नेता कार्यकर्ताहरुको व्यवस्थापनका लागि विधिको शासन लागू गर्नुपर्छ तब मात्र आर्थिक विकास र प्रगति संभव छ ।’ उनले देशलाई आर्थिक विकासको चुचुरोमा पुर्याउनु पर्ने आवश्यकता औंल्याउँदै विकासलाई केन्द्रमा राखेर नयाँ शक्ति स्थापना गरिएको स्पष्ट पारे । आम जनताको जिविकासँग सम्बन्धित एजेण्डाहरु नै नयाँ शक्तिको एजेण्डा भएको हुँदा अब जनताको सेवालाई नै नयाँ शक्तिले आफ्नो धर्म मान्ने बताए ।  नयाँ शक्ति सबैको शक्ति भएको हुँदा यसले कसैलाई अन्याय नगर्ने र सबै जनताको मुद्दालाई यसले उठाउने बताउँदै उनले भने, ‘वैदेशिक रोजगारीमा हुने ठगी रोक्न, अनियमितता, वित्तीय क्षेत्रका समस्याहरु समाधान गर्न र भ्रष्टाचारविरुद्ध अभियान संचालन गर्नेछ ।’ सोही कार्यक्रममा  डा भट्टराई ७९ वर्षीय कवि मनोज कुमार रिमालले लेखेको कविता संग्रह ‘गीत वसन्त’को विमोचन गरे

baburam bhattarai naya shakti

विशेष