राजनीति

नेविसंघको मतगणना सुरु, आजै परिणाम आउने

नेविसंघको मतगणना सुरु, आजै परिणाम आउने

Nebisangh-Flag

भदौ २ । नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनबाट नयाँ नेतृत्वको लागि भएको महाधिवेशनको मतगणना सुरू भएको छ । बुधबार दिउँसो १२ बजेदेखि सुरू भएको महाधिवेशन विहान सवा ८ बजे सकिएसँगै विहान १० बजेदेखि नै मत गणना सुरू भएको निर्वाचन समितिका एक सदस्यले जानकारी दिए । बिहान १० बजेदेखि इलेक्ट्रोनिक बाहेकका मतगणना सुरू भएको बताए ।

यो थोरै परिणाममा रहेकोले यो सकिएसँगै इलेक्ट्रोनिक तर्फको मत गणना पनि सार्वजनिक गरिने समेत बताए । इलेक्ट्रोनिक बाहेकको अर्थात् सिटिईभिटी, काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, सुदूर पश्चिम विश्वविद्यालय, आँगिक क्याम्पसहरू लगायतको मत गणना सुरू भएको हो ।

विशेष