पोखरा विश्वविद्यालयकाे केन्द्रीय सदस्यमा नवराज त्रिपाठी

भदाै - २ । नेपाल विद्यार्थी संघको पछिल्लाे मत परिणामअनुसार पोखरा विश्वविद्यालयकाे केन्द्रीय सदस्यमा नवराज त्रिपाठी विजयी भएका छन् भने काठमाडौं विश्वविद्यालय डा रितेश चिमोरिया विजयी भएका छन्। मत गणना भने जारी छ ।
त्रिवि आंगिक क्याम्पसबाट शैलेन्द्र गौडेल, प्रकाश सेढाइ र सुनिता पोखरेल निर्वाचित भएका छन्। निर्वाचितहरु सबै जना सभापति शेर बहादुर देउवा, कृष्ण प्रसाद सिटौला र गगन थापाले समर्थन गरेकाहरु हुन्। गौडेल भने गगन थापासँग अत्यन्त निकट मानिन्छन्।
Nebi Sangh
