राजनीति

पारस शाहका सहयोगी नयाँ शक्तिमा

पारस शाहका सहयोगी नयाँ शक्तिमा
naya shakti भदाै - २ । नयाँशक्ति नेपाल र मातृभूमिका लागि युवा अभिवान नेपाल पार्टीबीच बिहिबार समायाेजन भएकाे छ । नयाँ शक्ति नेपालका सयाेजक डा बाबुराम भट्टराई र मातृभूमिका लागि युवा अभियान नेपाल पार्टीका तर्फबाट सुनिल खड्काले पार्टी समायाेजन पत्रमा हस्ताक्षार गरेका छन् । खड्का पूर्व युवराज पारस शाहका सहयाेगी हुन् । नयाँ शक्तिले आफ्नो आधिकारिक ट्वीटर हेण्डलमार्फत सार्वजनिक गरेको तस्विर र जानकारी अनुसार यि दुई पार्टीबीच छ बुँदे सहमति भएको छ । डा भट्टराई र खड्काले सामूहिक र हात मिलाउँदै गरेको तस्विरसमेत सार्वजनिक गरेको छ । खड्का शाहका सहयाेगी मित्र मानिन्छन् । उनले शाह थाइल्याण्डमा अप्ठ्यराे परेकाे उनकाे संरक्षण गर्दै बासस्थानकाे व्यवस्था गरेका थिए । https://twitter.com/NayaShaktiNEP/status/766253024092250112

Dr. Baburam Bhattari naya shakti Paras Shah parash Shah

विशेष