मनोरञ्जन समाज

चट्याङ मास्टरले नेताहरुलाई भने ‘नयाँ बाऊ चाहिए म छु’

चट्याङ मास्टरले नेताहरुलाई भने ‘नयाँ बाऊ चाहिए म छु’
Chatyang Mastar भदौ – ३ । व्यङ्ग्य विधामा चर्चित चट्याङ माष्टरले नेताहरुलाई नयाँ बाऊ चाहिए आफू उपलब्ध भएको बताएका छन् । चट्याङ माष्टरका नामले चिनिने कृष्णमुरारी गौतमले नयाँ नेपाल धेरै पटक भनिएको भन्दै नयाँ बनाउँछु भनेको नयाँ बाऊ खोजेजस्तै भनि व्यङ्ग्य गरेका थिए ।

[su_pullquote align="right"]हिमालय टेलिभिजनको साप्ताहिक कार्यक्रम यक्ष प्रश्नमा पत्रकार नारायण पौडेलसँग कुरा गर्दै नेताहरुका कारण देशमा सृजनात्मक काम गर्ने वातावरण नरहेको स्पष्ट गरे ।[/su_pullquote]

चन्द्रशमशेरले बनाएको सिंहदरबारमा पसेपछि सबै चन्द्रशमशेर बन्न खोजेको गौतमको निष्कर्ष छ । ‘राणा शासनमा त बरु एक भाइको निधन भएपछि अर्को भाइले सत्ता सम्हाल्ने रोलक्रम थियो । यहाँ त ९ महिनाको पालो लगाइएको छ । श्री ३ भन्दा बढी भए यिनीहरु ।’ प्रधानमन्त्री आलोपालो गर्ने पछिल्लो राजनीतिक दृश्यप्रति गौतमले कटाक्ष गरे । हिमालय टेलिभिजनको साप्ताहिक कार्यक्रम यक्ष प्रश्नमा पत्रकार नारायण पौडेलसँग कुरा गर्दै नेताहरुका कारण देशमा सृजनात्मक काम गर्ने वातावरण नरहेको स्पष्ट गरे । कृषि र अर्थविदका रुपमा विश्व व्याङ्को सल्लाहकारसमेत भएका गौतमले नेताहरुमा चेतनाको कमी भएको जिकिर गरे । गोविन्दराज जोशी सिंचाइमन्त्री हुँदा आफुले अनुसन्धान गरेर ल्याएको प्रतिवेदनमा मनलाग्दी गरिएको दृष्टान्त दिंदै नेपालमा विज्ञको सम्मान नरहेको दुखेसो गरे । उनले व्यङ्ग्य कवितामार्फ नेता र राजनीतिमाथि प्रहार गर्नुका साथै बृद्ध उमेरका लाई प्रेम भाव दर्शाउन अपिल गरेका थिए । https://youtu.be/klAvk7l03e0

Chatyang Mastar Chatyn

विशेष