राजनीति

नेविसङ्घको नयाँ समितिद्वारा शीर्ष नेतासँग भेटघाट

नेविसङ्घको नयाँ समितिद्वारा शीर्ष नेतासँग भेटघाट
nebi-sangh-logo-nepalaaja भदौ -३ । नेपाल विद्यार्थी सङ्घको नवनिर्वाचित केन्द्रीय समितिले नेपाली काँग्रेसका शीर्ष नेतासँग भेटघाट गरेको छ ।

[su_pullquote align="right"]भेटघाटका क्रममा नेताहरुले नयाँ कार्यसमितिलाई बधाई दिनाका साथै महाधिवेशन सम्पन्न भएकामा सन्तोष व्यक्त गर्नुभएको नवनिर्वाचित महामन्त्री कुन्दनराज काफ्लेले जानकारी दिए ।[/su_pullquote]

नैनसिंह महर नेतृत्वको नयाँ समितिले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, नेता कृष्णप्रसाद सिटौला लगायत नेतालाई भेटेको हो । भेटघाटका क्रममा नेताहरुले नयाँ कार्यसमितिलाई बधाई दिनाका साथै महाधिवेशन सम्पन्न भएकामा सन्तोष व्यक्त गर्नुभएको नवनिर्वाचित महामन्त्री कुन्दनराज काफ्लेले जानकारी दिए । वरिष्ठ नेता पौडेलले महाधिवेशनमा हुने हारजितलाई स्वाभाविक रुपमा लिन सुझाव दिँदै गुटउपगुटभन्दा माथि उठेर सङ्गठन हाँक्न निर्देशन दिए । महामन्त्री डा कोइरालाले व्यक्तिगत स्वार्थलाई त्याग्न आग्रह गरे । नेता सिटौलाले महाधिवेशनबाट नयाँ समिति गठन भएपछि पार्टीलाई आडभरोसा थपिएको बताएका थिए । सङ्घको नयाँ कार्यसमितिले पार्टी सभापति शेरबहादुर देउवालाई भने निर्वाचित भएकै दिन बिहीबार बेलुका भेटेको थियो । रासस

krishna prasad sitaula Nebi Sangh

विशेष