चिनियाँ विज्ञ भन्छन्, ‘चीनले नेपालसँग सम्बन्ध बढाउँदा भारत शंकाको नजरले हेर्न थाल्छ’
भदौ ४ । केही महिना अघि नेपाल र चीनले रेलका लागि भौतिक संरचना कसरी निर्माण गर्ने, पेट्रोल उत्खनन् गर्ने, द्रुत गतिको रेलवेको निर्माणका विषयमा सम्झौताहरुमा हस्ताक्षर गरेका छन् । यदि नेपाल स्वर्भिर र समृद्ध भयो भने चीनलाई पनि फाइदा हुन्छ । चीनको अहिलेको नीति सबै छिमेकीसँग आर्थिक विकासमा सहकार्य गर्ने हो । त्यसैले मलाई लाग्छ, चीनको विकाससँगै नेपालको भविष्य पनि उज्वल छ ।
पटक पटक हुने सरकार परिवर्तनले नेपालको विकासमा नकारात्मक प्रभाव पारेको छ, खासगरी आर्थिक विकासमा । मैले चीन भ्रमणमा रहेका अर्थमन्त्री कृष्ण महरासँग कुरा गरेँ । उहाँले यो विषयबारे मुख्य दलहरुले महसुस गरेको बताउनुभयो । उहाँहरु पार्टीहरुबीच आपसी विश्वास र एकता कायम गर्ने प्रयासमा हुनुहुन्छ ।
तर, समस्या कहाँनेर छ भने चीनको सम्बन्ध नेपालसँगको होस वा अन्य देशसँग, भारत सधै शंकाको दृष्टिले हेर्छ । यसलाइ चीन भारतको प्रभावलाई नियन्त्रण गर्न र घेर्न खोजकेो रुपमा बुझ्छ । चीनको यस्तो चाहना कहिल्यै रहेन र छैन । चीन नेपालमा होइन, भारतलाई पनि विकसित र समृद्ध भएको हेर्न चाहन्छ ।
(नयाँ पत्रिकामा प्रकाशित चिनियाँ विज्ञ प्रा. वाङ होङवेको अन्तर्वार्ताबाट, होङवे चाइनिज एकेडेमी अफ सोसियल साइन्समा आवद्ध छन् ।)