विचित्र विश्व

कमा र फुलस्टप गलत टाइप हुँदा डुबेका भएका कम्पनीहरु

कमा र फुलस्टप गलत टाइप हुँदा डुबेका भएका कम्पनीहरु
भदौ – ४ । टाइपमा सामान्य गल्ती हुन स्वभावीक हो । टाइप गर्दा कुनै एक शब्द वा कमा, फुलस्टपमा सामान्यतः गल्ती भइरहेकै हुुन्छ । तर, कहिलेकाहीँ यस्ता साना गल्तीले पनि ठूलै नोक्सानी हुन सक्छ । यही टाइप गल्तीका कारण विश्वका विभिन्न देशमा एक सय वर्षभन्दा पुराना कम्पनीहरु नै बन्द हुन अवस्थामा पुगेका छन् ।

[su_pullquote align="right"]यही टाइप गल्तीका कारण विश्वका विभिन्न देशमा एक सय वर्षभन्दा पुराना कम्पनीहरु नै बन्द हुन अवस्थामा पुगेका छन् ।[/su_pullquote]

कमाले गर्दा करोड डलर नेक्सान सन् १९९० को दशकमा सेनाका लागि प्लेन बनाउने कम्पनी लकहिड मार्टिनले सि–१३० जे ट्रान्सपोर्ट प्लेन बिक्री गर्न एक विदेशी एयरफोर्ससँग सहमति र्गयो । कम्पनीले सन् १९९९ मा जारी गरेको वक्तब्य अनुसार, उसले एउटा कमा नराख्दा सात करोड डलर नोक्शानी उठाउनु र्पयो । कमाका कारण कम्पनी दुई त्रैमाससम्म नोक्शानीमा गयो । ‘एस’बढी हुँदा सय वर्षभन्दा पुरानो ब्रिटेनको सरकारी एजेन्सी कम्पनीज हाउसको एउटा एस शब्दका कारण सन् २०१४ मा डुब्यो । कम्पनी रजिष्ट्रारको कार्यालय कम्पनीज हाउसले सन् २००९ मा एउटा सूचना जारी गरेको केही वर्षमा नै ‘टेलर एन्ड सन्स’ बन्द भयो । तर, खासमा बन्द भएको कम्पनी ‘टेलर एन्ड सन’ थियो । रजिष्ट्रारको कार्यालयबाट सुचना सार्वजनिक भएपछि टेलर एन्ड सन्ससँग का गरिरहेका अधिकांस अरु संस्थाले उसको साथ छोडिदिए । यही कारण कम्पनी २०१४ मा आएर बन्द भयो । अहिले यो मुद्दा त्यहाँको अदालतमा चलिरहेको छ । कमाले सतायो सन् १८७२ मा खेतीलाई बढावा दिन अमेरिकी ट्यारिफ ऐनमा परिवर्तन गरियो । टाइपिङको एउटा सानो गल्तिले सरकारले २० लाख डलर नोक्शानी ब्यहोर्नु र्पयो । सरकारले फल तथा वाली (बिरुवा) मा ट्यारिफ हटाउने निर्णय गरेको थियो । उसले ऐनमा लेख्नु पर्ने थियो ‘फ्रुट(प्लान्ट’ तर लेख्यो ‘फ्रुट, प्लान्ट’ । फ्रुट प्लान्टको अर्थ फ्रुट तथा प्लान्ट भन्ने लाग्यो । यसले गर्दा फलफुलको आयात गर्नेहरुले सरकारलाई शुल्क नतिर्ने भए । जबसम्म यो गल्ती सुधारियो त्यतिबेलासम्म सरकारले २० लाख डलर नोक्शानी उठाइसक्नु परेको थियो । क्यानडाको कम्पनी पनि फस्यो क्यानडाको कम्युनिकेसन कम्पनी बेल अलायन्टले कमाको गलत अर्थ लगाउँदा सात लाख ५० हजार डलर नोक्शानी व्यहोर्नु र्पयो । क्यानडाका दुई कम्युनिकेसन कम्पनी रोजर्स कम्युनिकेसन र बेल अलायन्टले एक सम्झौता गरेका थिए । सम्झौताको समयसिलाई लिएर राखिएका सर्तको दुई भाग थियो । सम्झौतापत्र टाइप गर्नेले सर्तका दुबै भागलाई एकै ठाउँमा टाइप र्गयो । तर बाक्य गठन गर्दा दुबै सर्तलाई एउटा कमाले छुट्याइदियो । बेल अलायन्टले सर्तका दुई भागलाई अलग अलग सर्तका रुपमा बुझ्यो र समयअघि नै सम्झौता तोड्ने निर्णय र्गयो । जबकी त्यो दुई सर्त थिएन । एउटै सर्तको दुई हिस्सा थियो । अगाडि नै डिल क्यान्सल भएकाले यो बिषय अदालत पुग्यो । अदालतले रोजर्सको पक्षमा फैसला गर्दै बेल अलायन्टलाई सात लाख ५० हजार जरिवाना र्गयो । ह्वाइटहिमालबाट

American Company White Himal

विशेष