राजनीति

सह-महामन्त्री गुरुङसहित राप्रपाका २ सय बढी कार्यकर्ता राप्रपा नेपालमा प्रवेश गरे

सह-महामन्त्री गुरुङसहित राप्रपाका २ सय बढी कार्यकर्ता राप्रपा नेपालमा प्रवेश गरे
भदाै - ४ । सहायक महामन्त्री हेमजङ गुरुङसहित राप्रपाका २ सय भन्दा बढी कार्यकर्ता राप्रपा नेपालमा प्रवेश गरेका छन् । गुरुङको नेतृत्वमा लमजुङका २ सय भन्दा बढी कार्यकर्ता शनिबार राप्रपा नेपालमा प्रवेश गरेका हुन् । राप्रपा नेपालले शनिबार पार्टी कार्यालयमा एका कार्यक्रम गरी पार्टी प्रवेश गरेकालार्इ खादा लगाएर स्वागत गर्याे । राप्रपा नेपाल प्रवेश गर्नेहरुमा राप्रपाका केन्द्रीय सदस्य लालध्वज लामा, राप्रपाका लमजुङ जिल्ला अध्यक्ष बालचन्द्र श्रेष्ठ, पूर्वमन्त्री जगतबहादुर गुरुङ लगायत छन् । राप्रपाका सहायक महामन्त्री हेमजङ गुरुङले देशभरका कार्यकर्ता पार्टी एकताको पक्षमा रहेपनि पार्टी अध्यक्ष पशुपति शमसेर जबराले दुई नेतालाई सरकारमा पठाएर कार्यकर्ताको भावना विपरित एकता भाँडेकाले २७ वर्ष लगानी गरेको पार्टी परित्याग गरेको बताए । राप्रपाका नेता तथा कार्यकर्ताको समूह आफ्नो पार्टीमा प्रवेश गरेकामा हषिर्त देखिएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले केन्द्रीय तहमा पार्टी एकता सम्भव नभएपनि कार्यकर्ता तहमा एकता सुरु भएको बताएका छन् । उनले कार्यकर्ता तहमा सुरु भएको एकता प्रक्रियालाई जिल्ला जिल्लामा अभियानको रुपमा संचालन गर्ने बताए । राप्रपाले सरकारमा दुई जना मन्त्री सहभागी गराएपछि राप्रपा नेपालले साउन २५ गते राप्रपासँगको एकताको अध्याय समाप्त भएको घोषणा गरेको थियो ।

Raprapa Nepal

विशेष