अष्ट्रेलियामा छाला खाने रहस्यमय भाइरस

भदाै - ४ । अष्ट्रेलियामा छाला खाने रहस्यमय भाइरस र रोग फैलिएको अन्तराष्ट्रिय मिडियाले बताएका छन् । यस्ताे भाइरस कहाँबाट फैलियो डाक्टरहरुको लागि पनि रहस्य बनेको छ ।
बेर्न्सडेल भाइरस जसलाई बुरुली अल्सरको नामले समेत चिनिन्छ, यसले छाला खान्छ, बोसो, नशा अनि कतिपय केसमा हाड समेत खाएको पाइएको छ ।
यो भाइरस न्यु साउथ वेल्स तिर सर्न सक्ने सम्भावना रहेको बताइन्छ । डाक्टर तथा जानकारहरु रोग कसरी सर्यो भन्ने बारेमै अलमलिएका छन् । पोसुम नामक जनावरबाट लामखुट्टे हुँदै मानिसमा यो भाइरस सरेको हो या पोसुम आफै पनि पिडित छ खुलेको छैन ।
यो अल्सर भाइरस शरिरमा प्रवेश गरेको करिब चार महिना पछि देखिन थाल्छ । मुख्यतय कुहिना, कुर्कुच्चा अनि घुँडामा यसको सङ्क्रमण देखिएको छ ।
Australia
Virus

