देश समाज

राजा वीरेन्द्रको श्रीपेचमा शिलबन्दी

राजा वीरेन्द्रको श्रीपेचमा शिलबन्दी

Crawan

विक्रम सम्बत २०६५ साल जेठ १५ गते संविधानसभाबाट गणतन्त्रको घोषणा भयो, २९ जेठमा राजा ज्ञानेन्द्रले दरबार छाडे, त्यसै दिनदेखि नारायणहीटि दरबारको एक द्वारामा सेनाको चौबीस घन्टे पहरा निरन्तर रहेको छ । नारायणहिटिको यो पछिल्लो द्वारामा अहिले सेनाको पहरा हुनुको कारण हो, सैलुन कक्षमा राखिएको श्रीपेचको सुरक्षा ।

राजगद्दी छाड्न तयार भएका राजा ज्ञानेन्द्रले अन्तिम सम्म पनि श्रीपेच त्याग्न तयार थिएनन् । श्रीपेच नबुझाए अप्ठेरोमा पर्ने सरकारको चेतावनीपछि मात्र श्रीपेच सरकारलाई बुझाउन तयार भएका ज्ञानेन्द्र । त्यसपछि पूर्वबडामहारानी रत्नको महेन्द्र मञ्जिलमा राखिँदै आएको श्रीपेच सरकारलाई बुझाइएको थियो । त्यसपछि उक्त श्रीपेच नारायणहिटिको सैलुन कक्षमा रहेको छ ।

हाल श्रीपेच सुरक्षाका लागि दरबारको उत्तर–दक्षिणतर्फ दुई–दुई गरी चारवटा र बीचमा एउटा गरी पाँचवटा पोष्ट खडा गरी सुरक्षाको बलियो प्रबन्ध गरिएको छ । सुरक्षा चुनौतिको कारण देखाउँदै अहिलेसम्म श्रीपेच प्रर्दशनमा राखिएको छैन । श्रीपेच सँगै रानीले लगाउने टायरा, झिँगा धपाउन प्रयोग गरिने चमर लगायत राजारानीसँग सम्बिन्धित सामग्री पनि सैलुन कक्षमा राखिएका छन् ।

श्रीपेचमा ७ सय ५० वटा हिराका टुक्रा छन् भने टायरामा २ हजार ७ सय हिराका टुक्रा रहेका छन् । श्रीपेचको पछिल्तिर झुण्डिने कल्कीचाँही बर्ड अफ प्याराडाइज दुर्लभ र मार्न प्रतिबन्धित भएको पनि श्रीपेचको महत्व अरु बढ्न गएको जानकारहरु बताउंछन् । संस्कृति मन्त्रालय र नारायणहिटी दरबार संग्राहलयका अधिकारीहरु तेस्रो पटक फेरि श्रीपेच प्रदर्शनको प्रयास गर्देछन् । तर, श्रीपेचको सुरक्षा कसले गर्ने, चोरी वा क्षति भएमा क्षतिपूर्तिको व्यवस्था कसरी गर्ने भन्ने समस्या ज्युँका त्युँ छ । 

नेपालबाट

Crawan Nepali King Crawan

विशेष