अभिलेख

जब करेसाबारीमा सभामुख ओनसरी घर्ती यस्तो अवस्थामा भेटिइन्

जब करेसाबारीमा सभामुख ओनसरी घर्ती यस्तो अवस्थामा भेटिइन्
onsari-dharti-nepalaaja केही दिन पहिले माओवादी युवा नेतृ उर्मिला माझीसहितको समुह नेता बर्षमान पुनलाई भेट्न बालुवाटार पुग्यो ।  पुनसँगको कुराकानीपछि उनीहरुले सभामुख ओनसरीलाई भेट्न खोजे । उनी निवासभित्र थिइनन् । उनीहरु त्यतिबेला दंग परे जतिबेला देशकै शक्तिशाली मध्येकी एक ओनसरी कर्कलोबारी गोडमेल गर्दै गरेको भेट्टिइन् । सभामुख भएपछिको पहिलो भेट स्मरण गर्दै उर्मिलाले भनिन्, ‘दिदी मेहनती लाग्यो । अझैपनि उस्तै हुंनुहुँदोरहेछ ।’ ओनसरी अघिपछि गमक्क परेर बसेपनि मिल्नेसँग मनपेट खोलेझैं संवाद गर्दछिन् । सभामुख भइसकेपछि विगत विर्सिएको भनि उनको आलोचनापनि हुंने गर्दछ । तर, उर्मिलासँगको संवादमा उनी विगतझैं प्रस्तुत भइन् । उनीहरुले पनि गोडमेलमा सघाए । फुर्सदको समयमा बाहिर जानु भन्दा पनि घरमै बसेर बारीको काम गर्नमा आनन्द आउने सभामुख ओनसरीको भनाइ छ । सभामुख घर्तीको खर्च सरकारले बेहोर्छ । तर, उनले आफ्नै बारीको परिकार रुचाउंछिन् । परिवारको लागि उनले घरमै कर्कलो, सिस्नो, साग, मकै, घिरौला र करेल्लाजस्ता तरकारी उब्जाएकी छिन् । हरियो मकैकी पारखी उनले मकै पनि उमारेकी छिन् । ओनसरी र उनका पति पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्त दुबै फुर्सदको समयमा बारीको काममा सक्रिय रहन्छन् । शान्ति प्रक्रियादेखि उनहिरु ललितपूरको कुसुन्तीमा बस्दै आएका थिए । ओनसरी सभामुख भएपछि उनीहरु सरकारी निवास बालुवाटारमा बस्न थालेका हुन् । ३८ बर्षको उमेरमै सभामखु भएकी ओनसरी पूर्व छापामार हुन् । रोल्पामा संर्घषपूर्ण जीबन बिताएकी उनले छोटो उमेरमै राजनीतिमा छलाङ मारेकी छिन् । उनीभन्दा अग्रज कैयौंलाई पछि पार्दै उनी राज्यका मुख्य पद मध्येको एक सभामुखमा आसिन छिन् ।

jaba kareshabarima savamukh onsari dharti in field working sabhamukh onsari dharti

विशेष