राजनीति

आउँदो चार महिनामा माओवादीमा भयंकर विभाजन ल्याउने नयाँशक्ति निकट नेताको तयारी

आउँदो चार महिनामा माओवादीमा भयंकर विभाजन ल्याउने नयाँशक्ति निकट नेताको तयारी

 maoist flagभदौ ६ । शान्ति प्रक्रियामा आएपछि सुदृढ बनेको नेकपा माओवादीले पहिलो संविधान सभा विघटनपछि पार्टी जीवनमा धेरै अकल्पनीय विपत्ति भोग्यो । गति छाडेको भन्दै युद्धकालमै सहकर्मीहरुले उपियाँले मरेको कुकुरलाई छाडेजस्तो एकपछि अर्को छाड्दै गएपछि प्रचण्ड माओवादीको दोस्रो संविधानसभा  निर्वाचनको परिणामले होसहवास नै गुम भयो । बाबुरामले समेत राजनीतिको नयाँ पसल खोलेर पारपाचुके गरेपछि थप रन्थनिएका प्रचण्ड बादल समूह ल्याएर केही सुविस्ताको स्वास फेर्दै पार्टीैको गिरेको पुरानो साथ फर्काउन कस्सिएका छन् ।

तर प्रभु साह, टेकबहादुर बस्नेत मन्त्री नभएपछि माओवादी सक्ने डरलाग्दो खेलमा लागेका छन् । स्रोतले भन्यो, ‘मन्त्री नपाएर माओवादी असन्तुष्ट बनेकाहरुमाथि चलखेल गरेर माओवादी मास्ने खेलमा बाबुरामको नयाँ शक्ति चासोका साथ लागेको छ । असन्तुष्ट पक्षले बाबुराका साथै नयाँ शक्तिका अन्य नेताहरुसँग समेत यो बीचमा विभिन्न गोप्य भेटवार्ता गरेको छ । उक्ता गोप्य भेटवार्तामा माओवादी केन्दं्रलाई चोइट्याउने बारे अनेक रणनीतिका बारेमा छलफल भएको बताइन्छ । यो योजनामा साह, बस्नेतका अतिरिक्त डोरप्रसाद उपाध्याय, खगराज भट्टलगायत रहेको बताइन्छ । पहिलेदेखि नै बाबुराम निकट मानिने यी दुई नेता पनि सांसद छैनन ।

माओवादी तत्काल फुटाउन नसकिने तर विस्तारै चलखेल गर्दै चार महिनामा अर्को भयंकर विभाजन ल्याउने नयाँ शक्तिको योजना छ । साँघ साप्ताहिकबाट

विशेष