रत्नको निवास सम्बन्धमा विगतकोे सहमति बारे मुख खोल्न चाहेनन् तत्कालीन गृहमन्त्री सिटौलाले
भदौ ६ । पूर्वबडामहारानी रत्नराज्य लक्ष्मीदेवी शाहलाई सरकारले उपलब्ध गराएको महेन्द्र मञ्जिलसम्बन्धमा भएको सहमतिबारे तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले जानकारी दिन अश्वीकार गरको छन् ।
नेपाल आजसँगको कुराकानीका क्रममा तत्कालीन गृहमन्त्री सिटौलाले भने, ‘यसबारे मलाई थाहा छैन ।’
पूर्वराजा ज्ञानेन्द्र शाहका सचिव डा. फणिराज पाठकले विगतको सरकारले बडामहारानी सरकारलाई आजिवन महेन्द्र मञ्जिलमा बसोबासरको प्रबन्ध मिलाउने सहमति गरेको दाबी गरेका छन् । उनले तत्कालीन गृहमन्त्री कृष्ण सिटौलाले यस्तो सहमति गरेको उल्लेख गरेका छन् ।
तर तत्कालीन गृहमन्त्री सिटौलाले भने, ‘बाटैमा यस्तो प्रश्न साध्नु हुन्छ, म के भनौं, समय लिएर आउनुस एक घण्टा कुरा गरौंला ।’
सिटौलालाई नेपाल आजले सोधेको थियो, ‘रत्नलाई सरकारी क्वाटरका रुपमा महेन्द्र मञ्जिल उपलब्ध गराउने सहमति भएको थियो ?’