राजनीति

स्थानीय तहको प्रस्तावित संख्या दोब्बर बनाउन कांग्रेसकाे सुझाव

स्थानीय तहको प्रस्तावित संख्या दोब्बर बनाउन कांग्रेसकाे सुझाव
nepali-congress-flag भदाै - ६ । नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले स्थानीय तहको प्रस्तावित संख्या दोब्बर बनाउन सुझाव दिएका छन् । काठमाडौंमा गरेको दुई दिने भेलामा सहभागी भएका जिल्ला सभापतिहरुले स्थानीय तहको पुनर्संरचनाका लागि गठित आयोगले अहिले प्रस्ताव गरेको संख्या कम भएको बताएका छन् । उनीहरुले आयोगलाई प्रस्तावित संख्या दोब्बर हुने गरी स्थानीय तहको संख्या र सीमाना निर्धारण गर्न सुझाव दिएका हुन् । एक हजार भन्दा कमको संख्यामा स्थानीय तह बनाउँदा आमजनताले सरकारी सेवा सुविधाका लागि अहिलेभन्दा धेरै सास्ती झेल्नुपर्नेप्रति सचेत हुन पार्टी नेतृत्वको ध्यानाकर्षण गराए । उनीहरुले आयोगले हिमाल, पहाड र तराईका स्थानीय तहका लागि तोकेको जनसंख्याको आधार धेरै भएको भन्दै भूगोलका आधारमा जनसंख्याको सीमा घटाइनुपर्ने बताए । काँग्रेसका जिल्ला सभापतिहरुले संख्या बढाउने गरी स्थानीय तहको संख्या र सीमाना निर्धारणका लागि आयोगको कार्यदेश परिमार्जन गरिनुपर्ने पनि बताए । उनीहरुले मापदण्डमा एकमत हुन नसकेको अवस्थामा अहिले विद्यमान ९ सय २७ वटा इलाकालाई स्थानीय तहको मान्यता दिंदा फरक नपर्ने पनि बताएका काँग्रेसले जिल्ला सभापतिहरुलाई ७ वटा प्रदेशमा विभाजन गरेर अलग अलग समूहमा छलफल गराएको थियो । सातवटै प्रदेशले आफ्नो समूहको छलफलको निष्कर्ष भेलामा पेश गरेका छन् । जिल्ला सभापतिहरुले दिएको सुझावका आधारमा स्थानीय तहको संख्या र सीमानाबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिने काँग्रेसले जनाएको छ ।

विशेष