विचित्र विश्व

४० चक्कु निलेका व्यक्तिको सफल अपरेसन

४० चक्कु निलेका व्यक्तिको सफल अपरेसन
Knife eaten man भदौ–६ । दुई महिनासम्म निलेको ४० वटा चक्कु भारतका एक व्यक्तिको पेटबाट डाक्टरहरुले अपरेसन गरि निकालेका छन् । ‘यी व्यक्ति धातु खान निकै व्यग्र रहेछन्। हामी अनुभवी सर्जनहरुमा पनि यो कुराले निकै डर पैदा गर्छ,’ अपरेसनमा संलग्न डाक्टर जतिन्दर मल्होत्राले भने । आफुले २० वर्षको कार्यअवधिमा यस्तो अहिलेसम्म नदेखेको बताउँदै सानो गल्तिले पनि बिरामीको मृत्यु हुनसक्ने खतरा रहेकाले निकै संवेदनशील अपरेशन गरेको यी डाक्टर बताउँछन् । डाक्टरको टिमलाई डाएग्नोसिनदेखि अपरेसनको योजना बनाउन दुइ दिन लागेको थियो । अमृतसरमा शुक्रबार यो अपरेसन पाँच घण्टासम्म चल्यो । यी व्यक्तिले निलेका सबै चक्कु फोल्ड गर्न मिल्नेखालका छन्, खोल्दा सात इञ्चसम्म लामो हुन्छ । ४२ वर्षिय यी चक्कु निल्ने व्यक्तिले कतिपय चक्कु फोल्ड गरेर निलेका थिए त कतिपय फोल्ड नगरिकनै निलेका थिए । अपरेसन गरेर निकालिएको चक्कुमा कतिपयमा खिया समेत लागेको छ भने कतिपय भाँचिएको डाक्टरले बताएका छन् । स्वादले गर्दा आफुले चक्कु निल्न सुरु गरेको र अन्यलाई रक्सीको लत लागेझै आफुलाई यसको लत लागेको बताउने यी व्यक्तिले अपरेसन पछि आफु नयाँ भएको भन्दै अब चक्कु ननिल्ने बताएका छन् । एजेन्सी

India Knife in stomach

विशेष