राजनीति

देशलाई अन्यौलमा जाक्न यसो गर्दैछन् प्रमुख दलहरु

देशलाई अन्यौलमा जाक्न यसो गर्दैछन् प्रमुख दलहरु

sher-bahadur-KP-oli-Prachanda-top-Leaders-nepalभदौ ७ । सरकारले आगामी चैतभित्रै स्थानीय निकाय निर्वाचन गर्ने बताइरहे पनि स्थानीय निकाय पुनर्संरचनालगायत विषयमा प्रमुख राजनीतिक शक्तिबीच मतभेद चुलिँदा चुनाव झनझन अनिश्चित बन्दै छ ।

प्रमुख शक्ति मानिएका कांग्रेस, एमाले माओवादी र मधेसवादी दल कोही पनि स्थानीय निकाय पुनर्संरचना आयोगको सिफारिसप्रति सहमत छैनन् । उनीहरु आआफ्नो अडान तेस्र्याउन थालेका छन् । यसले चैतभित्रै निर्वाचन गर्ने भन्ने सरकारको भनाइ र दलहरुको निर्वाचनप्रतिको समर्थन दिनप्रतिदिन हावादारी बन्दै गएको छ ।

सबै दल र शक्ति पुनर्संरचनाको एउटै बिन्दुमा सहमत नभएसम्म चुनाव अनिश्चित भएको निर्वाचन आयोगले औल्याउँदै आएको छ । दलहरुबीच भने अहिलेसम्म यस मुद्धामा कुनै सहमति हुन सकेको छैन । स्थानीय निर्वाचन गर्नुअघि नै स्थानीय तहको पुनर्संरचनमा दलहरुको मत बाझिपछि चैत गर्ने चर्चा चलाइइको चुनाव झन पेचिलो बन्दै गएको छ । नागरिक दैनिकबाट

विशेष