विचित्र विश्व

केराको बोटसँग विवाह गर्ने अनौठो परम्परा

केराको बोटसँग विवाह गर्ने अनौठो परम्परा

Bibaha

एजेन्सी– भारत आसामको बोगांइगांउँ भन्ने जिल्लामा एक अनौठो परम्परागत विवाहको आयोजना गर्ने गरिन्छ । यहाँ बालिकाको विवाहमा दुलाहाको रुपमा केराको बोट हुने गर्दछ । यस अनौठो विवाहको नाम ‘तोलिनी विवहा’ हो ।

एक समाचार एजेन्सीका अनुसार यो स्थानमा जब बालिका आफ्नो बाल्यकाल छोडेर किशोरअवस्थामा प्रवेश गर्दछिन् र उनको पहिलो महिनावारी सुरु हुन्छ त्यहाँ यस्तो विवाहको आयोजना गर्ने गरिन्छ । जुन बालिकाको दुलहाको रुपमा केराको बोट हुने गर्दछ ।

यस विवहाको परम्परा अनुसार बालिकालाई सूर्यको किरणबाट बचाउने गरिन्छ । महिनावारी हुदा फलफूल काचो दूध तथा पिठो दिने गरिन्छ । बालिकाले पकाएको खाना खानु हुदैन् ।उनलाई जमिनमा सुताउने गरिन्छ जब सम्म यस परम्पराको विधि सम्पन्न हुदैन तब सम्म कोही पुरुष तथा केटाहरुको अनुहार हेर्नुहुदैन् ।

विशेष