महरालाई बेइजिङमा केरकार, चिनियाँ राष्ट्रपति आउने मिति निश्चित छैन
भदौ ८ । ‘एकैसाथ दुई छिमेकी भेट्न विशेष दूत पठाएर प्रचण्डले निकै कौशलपूर्ण कूटनीतिकको थालनी गरे’–परराष्ट्र मामिलाका जानकारहरु यसो भन्छन् ।
चिनियाँ थिंक ट्यांकको टोली यसअघि नै नेपाल आएर आफ्नो राष्ट्रपतिको सम्भावित भ्रमणको वस्तुस्थिति र प्रभावबारे अध्ययन गरिसकेको थियो । उपप्रधानमन्त्री कृष्णबहादुर महरा प्रचण्डको निम्तो पुर्याएर बेइजिङबाट स्वदेश फिर्ता भइसके । र, अहिले निकै चर्को स्वरमा प्रचार गरिँदैछ–राष्ट्रपति सि जिनपिङको नेपाल भ्रंमण पक्का चाहिँ गरेका छैनन् ।
त्यसो त चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले उल्टै महरालाई किनै कडा केरकार गरेको पाइयो । उनको प्रश्न थियो, सानातिना वाम पार्टीसँग त एकता गर्नुभयो, तर विप्लव, वैद्यलगायतका ठूला माओवादीसँग चाहिँ के गर्नुहुन्छ ? तिनीहरुलाई कसरी विश्वासमा लिनुहुन्छ ? अनि एमालेसँगको सम्बन्ध कस्तो छ ? भारतसँग बिग्रिएको सम्बन्ध कसरी सुधार्नु हुन्छ ? महराले भेट गरेका तीन जना ठूला नेतामध्यका ताओले प्रश्नको वर्षा नै गरे । चिनियाँ प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले पनि राष्ट्रपति सि नेपाल आउँछन नै भनेर ठोकुवा गरेनन् । जनआस्था साप्ताहिकबाट