राजनीति

पार्टी एकता सभामा प्रचण्ड–बाबुरामको ‘धुलाई’, फेरि युद्ध गर्ने फूर्ति !(भिडियोसहित)

पार्टी एकता सभामा प्रचण्ड–बाबुरामको ‘धुलाई’, फेरि युद्ध गर्ने फूर्ति !(भिडियोसहित)

biplav-nepalaajaभदौ ८ । काठमाडौको जमल स्थित राष्ट्रिय नाचघरमा आयोजित पार्टी एकतासभामा वैचारिक बहसभन्दा पनि प्रचण्ड र बाबुरामलाई ‘धुनेपखाल्ने’ काम बढी भयो । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी, हेमन्तप्रकाश ओलीको न्युक्लियस क्रान्तिकारी पार्टीलगायतको एकता सभा थियो त्यो ।

नेत्रविक्रम चन्द विप्लवले माओवादी पार्टीसँगको धु्विकरण र एकिकरण कार्यक्रममा सधै झै युद्धको उद्घोष गरे । माओवादी केन्द्रका नेता सन्देश पौडेल, रमेश नेपाली, नेकपा क्रान्तीकारीका ईस्लाम हवारी, न्युक्लियस क्रान्तीकारीबीच एकिकरण भएको हो । यी लगायत अन्य धेरै नेताहरु पनि एकिकरणमा आएको नेकपा माओबादीले जनाएको छ ।

नेपाल आजसंँगको कुराकानीमा न्युक्लियसबाट आएका सुदर्शनले पार्टी अझै एकिकरणमा जाने बताएका छन् । उनका अनुसार अब माओबादीले सच्चा एकिकृत जनक्रान्ति गर्नेछ । उनले आवश्यक परे युद्धमा जान समेत पार्टी तयार रहेको बताएका छन् । उनले भने ‘युद्धको पक्षमा नरहेता पनि देशलाई आवश्यक परे युद्ध गर्न बाध्य हुनेछौं ।’

धेरै युद्धहरु सफल नभई सम्झौतामा टुंगिएको अवस्थामा यो युद्ध सफल हुने ग्यारेन्टी के त भन्ने प्रश्नमा उनी भन्छन ‘हामी फेरि अर्को युद्ध गर्छौ । अबको युद्ध सफल हुनेछ ।’उनको अनुसार यो पार्टी अहिले सम्मको सच्चा क्रान्तिकारी पार्टी बन्नेछ । जनताको हितको पार्टी बन्नेछ । र विश्वकै उत्कृष्ट पार्टी बन्नेछ ।

biplav-1-nepalaaja

प्रचण्ड र बाबुराम दलाल पुर्नगठित पार्टीका महासचिब विप्लवले प्रचण्ड र वावुरामले आत्मसर्मपण गरेको युद्ध आफुहरुले पूरा गर्ने बताएका छन् । उनले उक्त कार्यक्रममा बोल्दै प्रचण्ड कम्युनिष्टको नाममा ढाेंगी भएको आरोप लगाएका छन् । उनले भने ‘ प्रचण्ड कम्युनिष्टको खोल ओढेर सामन्तवादी र विस्तारवादी भएका छन् । दुनियाँले देख्ने गरि सत्ताको मोहले दलालमा परिणत भएका छन् । विदेशीको ईशारामा चल्ने गुलाम भएका छन् ।’ उनले थपे तर हामी ‘प्रचण्ड जस्तै सत्ताको मोहमा कहिल्यै फस्दैनांै । क्रान्ति पूरा गरेरै छाड्छांै जनतालाई जिताएरै छाड्छौ ।’

त्यसैगरी माओवादी केन्द्रबाट गएका सन्देस पौडेलले प्रचण्डलाई फोविया भएको बताएका छन् । सबैलाई ‘हुन्छ भन्ने, काम माखो नमार्ने’ प्रवृतिले प्रचण्ड पतन हुने निश्चित भएको उनको तर्क छ । उनले प्रचण्डलाई खसीको टाउको झुण्डाएर कुकुरको मासु बेच्ने ठाउमा लोभिएको आरोप लगाएका छन् । सत्ताको मोहले सामन्ति भएको र उनले देश र जनताको लागि माखो नमार्ने समेत ठोकुवा गरेका छन । उनी भन्छन् ‘ प्रचण्ड फोवियाले पतित भए, बाबुराम दिमागको पत्थरीले पतित भए । किनकी उनी धेरै पढ्छन । काम केही गर्दैनन् ।’

न्युक्लियसबाट आएका सुर्दसन पनि प्रचण्ड र वाबुराम प्रति आक्रोसित देखिए । प्रचण्डले माक्र्सवाद नै नपढेको उनको ठोकुवा छ । उनी भन्छन ‘ प्रचण्ड दुनियाले देख्ने गरि नांगिएर प्रधानमन्त्री बने । दलाल पँुजीवादी बने । फास्ट ट्रयाक भारतलाई जिम्मा दिन खोजिरहेका छन् ।’ उनी थप्छन ‘यसबाट उनको असली स्वरुप दुनियाँले देखिसक्यो । उनी जनताको हो कि कसको नेता हो छर्लङगैं भएको छ ।’

बैद्य पनि एकतामा आउने सुदर्शनका अनुसार मोहन बैद्यले यो एकिकरणलाई सकरात्मक रुपमा लिएको बताएका छन् । एकिकरण भन्दा अघि बैद्यसंँग बारम्बार वार्ता र छलफल भएको उनको भनाइ छ । उनले चाडै नै बैद्य पनि एकिकरणमा सामेल हुन सक्ने संकेत दिएका छन् ।

विशेष