राजनीति

कांग्रेसमा मन्त्रीको नाम छान्न ‘महाभारत’

कांग्रेसमा मन्त्रीको नाम छान्न ‘महाभारत’

nepali-congress-flagभदौ ८ । मन्त्री हुने आकांक्षीहरु बढी हुँदा नेपाली कांग्रेसले आफ्नातर्फका मन्त्रीहरुको नाम पठाउन सकेको छैन । तर यसबीच अघिल्लो सपथग्रहण बहिष्कार गरेका अर्जुननरसिंह केसीभने सरकारमा जाने भएका छन् । कांग्रेसका युवा नेता प्रदीप पौडेलकाअनुसार केसीलाई शिक्षा मन्त्रालयदिने आन्तरिक तयारी छ ।

संस्थापनबाट सरकारमा जाने अन्यमा प्रकाशशरण महत, सितल बुढाथोकी, जीवनबहादुर शाही, बालकृष्ण खाँडको नाम लगभग निश्चित छ । रामचन्द्र पौडेलतर्फबाट सीतादेवी यादव, दीपक गिरी, नविन्द्रराज जोशी लगायत छन् । पौडेलले आफ्नो गुटलाई ५–६ जनालाई मन्त्री बनाउनु पर्ने माग राखेका छन् । देउवाले ४ भन्दा बढी दिन नसकिने अडान राखेपछि कांग्रेसमा किचलो छ ।

नेता प्रदीप पौडेलको भनाइअनुसार कांग्रेसले बुधबार पनि आफ्ना मन्त्रीहरुको नाम टुंग्याउन सम्भावना पचास प्रतिशत मात्रै हो । वर्तमान म्यादी सरकारको आयु नौ महिना मानिएको छ । विवादका कारण सरकार गठन भएको एक महिना बितिसक्दा पनि मन्त्रिमण्डल विस्तार हुन सकेको छै ।

विशेष