राजनीति

कांग्रेसमा मिल्यो शेरबहादुर र रामचन्द्रको भागबन्डा

कांग्रेसमा मिल्यो शेरबहादुर र रामचन्द्रको भागबन्डा

Deuba Ramchanda

भदौ ९ । सरकारमा सहाभागी हुने मन्त्रीको संख्यालाई लिएर नेपाली कांग्रेसभित्रको विवाद अन्त्य भएको छ । सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई पाँच मन्त्रालय दिन तयार भएपछि कांग्रेसभित्रको मन्त्रालय विवाद अन्त्य भएको हो ।

यसअघि सभापति देउवाले पौडेल पक्षलाई चार मन्त्रालयमात्र दिन सकिने बताएपछि मन्त्रिपरिषद विस्तार नै अन्योलमा परेको थियो । बिहीबार विहान उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले पौडेललाई टेलिफोन गरी पाँचवटा मन्त्रालय दिने जानकारी गराएका थिए ।

पौडेल पक्ष आफ्नो तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम चयन गर्न आन्तरिक गृहकार्यमा लागेको छ । कांग्रेसले सरकारमा सहाभागी हुने मन्त्रीको आजै टुंगो लगाएर प्रधानमन्त्रीलाई नाम दिने तयारी गरेको छ । पौडेल पक्ष आफ्नो तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम चयन गर्न आन्तरिक गृहकार्यमा लागेको छ। कांग्रेसले सरकारमा सहाभागी हुने मन्त्रीको आजै टुंगो लगाएर प्रधानमन्त्रीलाई नाम दिने तयारी गरेको छ ।

Congress

विशेष