परिवार

घरविहीन ट्रेड विलियम कसरी बने चर्चित कार्यक्रम प्रस्तोता

घरविहीन ट्रेड विलियम कसरी बने चर्चित कार्यक्रम प्रस्तोता
tedwilliamshead कुनै पनि व्यक्ति एक परिवारसँग आवद्ध भएको हुन्छ र हरेक व्यक्तिलाई गास, बास र कपासको आवश्यकता हुन्छ । यी उसका अनिवार्य आवश्यकता हुन । पक्कै पनि घरवार विहीन भएका मानिसहरुलाई आफ्नो दैनिक जीवन बिताउन गाह्रो हुन्छ । अब्बल मानिस बन्न त सोचेका पनि हुँदैनन् । तर, न्यूयोर्कमा यस्ता व्यक्ति छन् जो घरवार विहीन भएर पनि आफूलाई स्थापित गर्न सके । उनी हुन् अहिलेका परिचित आरजे, भिजे ट्रेड विलियम । उनको कथा अनौठो छ । घरबार विहीन रहेका विलियमलाई अकस्मात बाटोमा भिख मागिरहेको अवस्थामा एक पत्रकारले भेटे पश्चात उनको आवाजको क्षमता विश्व बजारमा छाएको हो । भेटका क्रममा विलियमले पत्रकारसँग आफ्नो आवाजको बारेमा चर्चा गरे लगत्तै उनलाई विभिन्न चर्चित संस्था NFL, MSNBC र Kraft ले समेत अफर गरेका थिए । बाल्यकाल उनी न्यूयोर्कको ब्रोक्लिनमा सन् १८५७ सेप्टेम्बर २२ का दिन जन्मेका हुन् । सन् २०११ मा घरविहिन रहेका उनीसँग सुनौलो आवाज बाहेक अरु केही थिएन । जुन योग्यताको कारण उनले नयाँ चर्चा पाउन सफल भए । यसअघि उनको जीवन कष्टकर र दुःखमय थियो । विलियम न्यूयोर्कमै हुर्के र उच्च माद्यामिक विद्यालयको पढाइलाई निरन्तरता दिँदै युएस् आर्मीमा भर्ती भए । त्यहाँ उनको तीन वर्षको योगदान पश्चात सम्मान साथ उनको विदाई गरियो । विलियमको विगत विद्यालयको आयोजित स्थल सर्वेक्षणमा उनी १४ वर्षको उमेरमा रेडियो वाचकलाई भेटेका थिए । त्यस पश्चात विलियम वाचन काममा निकै इच्छुक देखिए । आफ्नो सैनिक कार्यकालमा पनि उनले आवाजको तालिम लिँदै आफ्नो इच्छा, सपनालाई पच्छ्याइ रहे । त्यसैक्रममा उनी कोलम्बस पनि आए र रात्रि कार्यन्वयन सेवामा एक रेडियो स्टेशसनमा भिजे को जागिर पाए । कार्यकालमा उनले आफ्नो परिवार पनि बसाए । उनको ९ बालबालिका पनि रहेको खबरमा उल्लेख छ । तर लागूऔषध र रक्सीको सेवनले उनको काम र व्यक्तिगत जीवनमा ठूलो धक्का लाग्यो । चर्चित कसरी भए कोलम्बसमा आबद्ध ‘कोलम्बस डिस्प्याच’ पत्रिकाको भिडियो ग्राफर डोरल चेनोवेथ तेस्रोले उनको कथा प्रकाशित गर्नु भन्दा केही वर्ष अघि उनले सडकमै आफ्नो दिनचर्या बिताएका थिए । उनले आफ्नो आमालाई नभेटेको पनि दुई दशक बितिसकेको थियो । डोरलसँग विलियमको भेट डोरल चेनेवेथ तेस्रो र पत्रकार गाडीमा कतै जाँदै गर्दा सडकमा ट्राफिक सिग्नलले रोकिएका थिए । सोही समय विलियम भेटिएका थिए । पत्रकारसँग केही पैसा पाउन उद्देश्यले उनले भने ‘मसँग भगवान्ले दिएको उपहार स्वरुप आवाज छ ।’ त्यही वाक्यले पत्रकार डोरललाई आर्कशित बनाएको थियो । डोरल सम्झिन्छन्, ‘ट्राफिक लाइट हरियो भयो र मैले उनलाई डलर दिए ।’ तीन महिनासम्म हराए एक हप्ता पछि अक्टोबरको महिनामा बादलले ढाकेको दिन भिडियो ग्राफर डोरलले पुनः विलियमलाई खोज्न थाले । डोरलले आफ्नो रिपोर्टमा उनको आवाज हाल्न चाहन्थे । तर, तीन महिनासम्म उनी सफल हुन सकेनन् । त्यसपछि जनवरी महिनामा जब भिडियो ग्राफर डोरलका सम्पादकले वेब साइटका लागि छोटो समाचार मागे, उनले आफूले ट्राफिक सिंग्नलमा बनाएको ९७ सेकेन्डको भिडियो सम्पादकलाई बुझाए । तर, विलियम्सको आवाजका कारण दर्शकहरुसंग प्रभावित आफ्नो क्रुर इमानदारी उल्लेख छैन । ‘म एक अभिनेता हुन सक्दिनथेँ, म एक हावा व्यक्तित्व पनि हुन सक्दिनथेँ तर आवाज मात्र राम्रो थियो र म यसको लागि विद्यालय गए,’ उनले डोरललाई बताए । ‘अनि त्यसपछि रक्सी, ड्रग्स र केही अन्य कुराहरू मेरो जीवनको एक भाग भयो । तर, म दुई वर्ष भयो कुलत मुक्त छु ।’ भिडियोको लोकप्रियता तत्काल देखियो । र यो यूट्युबमा अज्ञात प्रयोगकर्ता मार्फत भाइरल भयो । त्यसपछि अन्य मिडियाहरुबाट पनि इमेल र टेलिफोन प्राप्तकर्ता भयो । उनको आवाज यति पपुलर भयो कि व्यवसायीहरु आफ्नो व्यापार प्रवद्र्धनका लागि उनको आवाज प्रयोग गर्न चाहन्थे । त्यस्तै स्क्रिप्ट राइटरहरुले पनि आफ्नो कथा, चलचित्रका लागि उनको भाग गर्न थाले । उनलाई ठूला अवसर प्राप्त भयो । उनलाई राष्ट्रिय फुटबल लिग, MSNBC  र Cavaliers जस्ता ठाउमा उद्घोषण गर्न बोलाइयो । विलियम्स अन्ततः १०,००० अमेरिकि डलरको सम्झौता साथ Kraft का लागि चार स्थनमा आवद्ध हुन तयार भए । यसैबीच, बिहान शोका नेटवर्कहरुले पनि उनलाई प्राप्त गर्न चाहन्थे । त्यसपछि उनले आफ्नो परिवारको पुनमर्मिलन भयो । उनकी आमा, ९० वर्षीया जुलिया विलियम्ससँगको भावविह्वलपूर्ण पुनमिलनलाई एनबीसीको द टुडे शो र सीबीएसको द अर्ली शोले प्राथमिकताका साथ प्रसारित गर्यो । ‘मेरो उडन्ता छोरा अन्तत घर आएको छ,’ जूलिया उनको छोरालाई अंगालो हाल्दै भनिन् । मार्च २०११ मा, विलियम्सको भुइँमा खालि खुट्टाहरू देखिन्थे । उनले लस एन्जलसमा पुनः आफूलाई स्थापित गरेका थिए । उनले एक परोपकारी जग पनि सुरु गरे र आफ्नो जीवनको बारेमा एक पुस्तकमा काम गर्न थाले । साथै, उनले जीवनमा दोस्रो संभावना भनिने नयाँ वास्तविकता टिभी श्रृंखला पिचिंग थालेका छन् । ‘मलाई के भइरहेको छ भन्नेमा विश्वास गर्न सक्दिन,’ विलियम्सले भनेका छन् । ‘भगवान्ले मलाई अमूल्य आवाज दिएका छन् र ममा आस्था छ, म भगवान्को अधिकारबाट मात्र गर्न सक्छु ।’ प्रस्तुतिः (एजेन्सीकाे सहयोगमा) विश्व रिमाल

Golden Voice Ted William The man of Golden voice

विशेष