राजनीति

सधैं प्रतिपक्षीको राजनीति गरेका गगन थापाको अग्नी परीक्षारुपी सत्ता–यात्रा

सधैं प्रतिपक्षीको राजनीति गरेका गगन थापाको अग्नी परीक्षारुपी सत्ता–यात्रा
Gagan Thapa भदौ – ९ । गगन थापा काँग्रेसको राजनीतिमा जबरजस्त उदाएका पात्र हुन् । आजसम्मको उनको राजनीति भनेको नेता र नीतिको आलोचना गरेर फरक मनोविज्ञानको नेतृत्व गर्नु नै हो । नेतासँग जीहजुरी गरेरमात्र भाग पाइने काँग्रेसमा गगनले पद कब्जा गर्दै आएका छन् । यसका लागि उनको रणनैतिक बाघचालले प्रायजसो साथ दिएको छ ।

[su_pullquote align="right"]ससुरा अर्जुननरसिंह केसी रहेकै कोइराला क्याम्पमा उनी हाम्फाले ।[/su_pullquote]

काँग्रेसले राजतन्त्रको नारा बोकिरहँदा उनी गणतन्त्रको आवाज बुलन्द गर्न थाले । गिरिजाप्रसाद कोइरालाले दरबारको एजेन्ट भनि आरोपित गर्दा पनि उनी अडिक रहिरहे । त्यतिबेला उनलाई नरहरी आचार्यले धाप मारे । १२ औं महाधिवेशनमा उनी नरहरी क्याम्पमा रहेनन् । उनी राजनीतिक घरहानाको ज्वाईं भइसकेका थिए । ससुरा अर्जुननरसिंह केसी रहेकै कोइराला क्याम्पमा उनी हाम्फाले । सर्वाधिक मत ल्याइ केन्द्रीय सदस्यमा बिजयी भए ।

[su_pullquote align="right"]‘सडकमा मेरो गर्जनले काम गथ्र्यो । सरकारमा प्रक्रियाले काम गर्दोरहेछ । त्यसैले कार्यकारी पद नभइ हुंदोरहेनछ ।’[/su_pullquote]

सर्वाधिक मतसहित सबैभन्दा कान्छा केन्द्रीय सदस्य बनेपछि उनको राजनीतिले अकस्मात उचाइ लियो । ससुरा केसीको जोडबलमा समानुपातिक सभासद भइसकेका उनले संविधानसभाको दोस्रो निर्वाचनमा काठमाडौंमा फराकिलो जित हासिल गरे । दुई दुई पटक सभासद् हुँदापनि उनको भुमिका मात्र संख्यामा सीमित भयो । कृषि समितिको सभापतिको भुमिका पनि खल्लो देखियो । उनी प्रति चौतर्फी प्रश्न ओइरन थाल्यो । उनले लाचार शैलीमा उत्तर दिन थाले, ‘सडकमा मेरो गर्जनले काम गथ्र्यो । सरकारमा प्रक्रियाले काम गर्दोरहेछ । त्यसैले कार्यकारी पद नभइ हुंदोरहेनछ ।’ उनले विगतमा झैं फरक एजेण्डाका साथ चर्चामा रहने उनको परम्परा कायमै रह्यो । तर, संसदमा सो शैली उतिसारो प्रभावकारी हुन सकेन । कतिपय विषयमा उनले पार्टी नीतिविपरितका बहश छेडे । प्रत्यक्ष निर्वाचित कार्यकारीलगायतका उनका एजेण्डाले खाशै आकार लिन सकेनन् । कार्यकारी पदमा जाने र परीक्षामा बस्ने घोषणाका साथ उनी महामन्त्रीको उम्मेदवार बने । यसपालीपनि उनले राजनीतिकरुपमा रणनैतिक सिफ्ट गरिसकेका थिए । नरहरी आचार्य क्याम्पबाट शुरु भएको उनको यात्रा कोइराला क्याम्प हुंदै सिटौला क्याम्मा स्थानान्तरण भयो । आफ्नै ससुरा बा समेत प्रतिष्प्रर्धी रहेको महामन्त्रीको उनी उम्मेदवार बने । भलै उनको उम्मेदवारीलाई उनकै ससुरा केसीले ‘राजनीतिक आत्महत्या’को संज्ञा दिए, उनी पछि हटेनन् । यसरी उनले अर्को जब्बर छबि निर्माण गरे ।

[su_pullquote align="right"]उनको उम्मेदवारीलाई उनकै ससुरा केसीले ‘राजनीतिक आत्महत्या’को संज्ञा दिए,[/su_pullquote]

सभापतिमा रामचन्द्र पौडेल विजयी भएको भए गगन थापाको पत्तासाफ हुंने गरी राजनीति अघि बढ्ने धेरैले अनुमान गरेका थिए । तर, सिटौलाको उम्मेदवारीले शेरबहादुर देउवालाई सभापति बनाउन मनोवैज्ञानिक आधार तयार गरिदियो । तत्कालिन संस्थापन पक्षमा देखिएको फुटले कार्यकर्ता हार्नेको पछि किन लाग्ने भन्दै देउवातर्फ ढल्केका थिए । देउवाको जितका लागि फिक्सरको भुमिकामा देखिएका सिटौलालाई देउवाले स्थान नदिने कुरा भएन । आफुलाई निर्णायक मोडमा साथ दिएका थापालाई सिटौलाले साथ र हात नदिने कुरै भएन । यही पृष्ठभूमीमा उनी मन्त्री हुंदैछन् । यो बीचमा गगनको छबी नराम्रोसँग धुमिलिएको छ । राजनीतिकरुपमा उनले एक पछि अर्को बाजी मारेपनि, प्रयास गरेपनि उनलाई संशयले हेर्नेको संख्या बढ्दो छ । कुमार घैंटेको मृत्यु प्रकरणपछि उनी तरंगित भए । अनपेक्षित तरंगका कारण आममानिसले उनीमाथि आक्रोश व्यक्त गरे । १३ औं अधिवेशनमा उनलाई उच्चमहत्वांकाक्षी र बाहिरबाट निर्देशित सम्मको आरोप लाग्यो । आरोपमात्रै होइन, केन्द्रीय कार्यालय सानेपामा ‘संशांक यहाँ छ, भारतीय एजेण्ट कहाँ छ’ सम्मका नारा लाग्ने परिश्थितिको सृजना भयो ।

[su_pullquote align="right"]मन्त्रीका रुपमा उनको मूल्यांकन प्रष्टसँग गर्ने मौका आम जनताले पाउंनेछन् ।[/su_pullquote]

उनी सभासद् भए । केन्द्रीय सदस्य भए । संसदीय समितिको सभापति भए । सांसद भए । तर, उनी प्रतिपक्षी नै रहीरहे । पहिलो पटक उनी सत्तापक्ष हुंदैछन् । मन्त्रीका रुपमा उनको मूल्यांकन प्रष्टसँग गर्ने मौका आम जनताले पाउंनेछन् । आजसम्म उनलाई मानिसले मन पराएको उनको अभिव्यक्ति र अडानका कारण हो । अब यत्तिले पुग्दैन । जनतालाई ‘एक्सन’ चाहिएको छ । हिजोसम्म उनलाई कार्यकारी भुमिका नभएका कारण जनतालाई आभास हुंने गरी देखाउन नसकेको भन्ने ठाउं थियो । अब त्यो ठाऊंपनि रहने छैन । कपन क्षेत्रमा उहिल्यैदेखि भत्केको बाटो अहिलेपनि जस्ताको तस्तै छ । संचार जगतले ‘गगनको क्षेत्रमा दोहोरो नाकावन्दी’का रुपमा त्यसलाई खुराक बनाइरहेका छन् । यही मेसोमा उनी सम्भवतः सहरी विकास मन्त्री हुंदैछन् । शहरी राजनीतिबाट उदायका उनका लागि अब अवसर र चुनौति दुबै छ । अवसर भन्दा चुनौति बढी छ । जनआंकाक्षा धेरै हुनु भनेको चुनौति बढी हुनु हो । यसर्थ गगन अग्नी परीक्षामा छन् । यो परीक्षा उनको राजनीतिक आरोह वा अवरोहका लागि निर्णायक बन्ने निश्चित छ । अब गगनलाई गनगन गरेर मात्र पुग्दैन । गर्जेरमात्रै हुंदैन । यो गगनले पानी पार्नै पर्ने हुन्छ ।

Gagan Thapa Gagan Thapa by Narayan Poudel Nepali Congress Nepali polities Nepali Rajniti rajniti

विशेष