विचित्र विश्व

एकै बोटमा सयभन्दा बढी खरबुजा

एकै बोटमा सयभन्दा बढी खरबुजा
Watermelon-Plant-Guinness-World-Record-889x508 भदौ–९ । तपाईँले खरबुजाको बोटमा दुईदेखि चारवटासम्म फल लागेको देख्नु भएको होला । तर एउटै बोटमा १ सय भन्दा बढी फल लागेको देख्नु भएको छ । सायद कसैले पनि यो सम्भव हुन्छ भनेर सोचेको थिएन होला । तर चीनमा संसारलाई चकित तुल्याउने घटना भएको छ । त्यहाँ एउटा बोटमै १ सय ३१ वटा खरबुजाको फल फलेको पाइएको छ । चीनको जेनजाउ शहरमा यसरी एकै बोटमा यतिका खरबुजा फलाइएको हो । जेनजाउ सिटी भेजिटेबल रिसर्च इन्स्टिच्युटले बढी खरबुजा उत्पादन गर्ने बीउबिजनको अनुसन्धानको क्रममा यो सफलता हात पारेको हो । गिनिज बुक अफ वल्र्ड रेकर्डले पनि यसलाई सबैभन्दा बढी खरबुजा फल फलाउने बोटको संज्ञा दिएको छ ।

Watermelon world Record world record

विशेष