[su_pullquote align="right"]नेपाली नाट्य र हास्य क्षेत्रका बाजे हुन् जो नाति पुस्तासँगै स्टेज सोमा देखिइरहेका छन् ।[/su_pullquote]
भदाै - ९ । शैलन्द्र सिम्खडालाई नेपाली नाट्य र हास्य क्षेत्रका बाजे हुन् जो नाति पुस्तासँगै स्टेज सोमा देखिइरहेका छन् । हेर्दा भर्खरको देखिने शैलेन्द्रले ४० बर्ष नाट्य र हास्य क्षेत्रमै बिताएका छन् । मदनकृष्ण, हरिबंशभन्दा पहिलेदेखि अभिनयमा लागेका यि कलाकार आफ्नो पालाका सबैजसोले नियमित प्रर्दशन छाड्दापनि निरन्तर खटिरहेका छन् ।
पछिल्लो समय उनलाई धेरैले हास्यकविका रुपमा चिन्दछन् । तर, उनकै लागि भने हास्य कविको परिचय सहायक हो । उनको खाश परिचय नाट्यकर्मी हो । कलाकारबाट एकेडेमीको यात्रा थालेका उनी अहिले नाट्य निर्देशक छन् । कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने हर्के हवल्दारको उनी लेखक तथा निर्देशक हुन् ।
उनी सानै उमेरमा धादिङबाट काठमाडांै हानिए । लैनचौरमा स्कुल पढे । रत्नराज्य क्याम्पसबाट उच्च शिक्षा हासिल गरे । उनी आफुलाई पहिलादेखि अहिलेसम्म नैै भाग्यमानी ठान्छन् । गाऊघरको हुंनेखान भएकाले काठमाडौंमा जिउंन उनलाई खाशै गाह्रो भएन । १८ वर्षको कलिलो उमेरमा एकेडेमीको जागिरे भए ।
आफ्नो ईच्छाले यो क्षेत्रमा डो-याएको हुनाले सुरुमा केही दुख गरे । तर लामो समय त्यस्तो विर्सन नै नसक्ने दुःख पाएनन् । जिन्दगीमा उद्देश्य बनाउन नपाई यही क्षेत्रमा अल्झिए । कला क्षेत्रबाट नै उनको पहिचान बन्यो ।
सिंहदरबार अघिको मुक्तकले चिनायो
[su_pullquote align="right"]पाँच औंला देखाउन पाईदैन थियो , त्यो पञ्चायतलाई भनेको ठहरिन्थ्यो ।[/su_pullquote]
२०३६ सालमा विद्यार्थी आन्दोलन भर्खरै सुरु भएको वेला उनले सडक मुक्तक भनेका थिए । सिहंदरबारको गेट अगाडि भनेको त्यो मुक्तक उनले अझैसम्म विर्सेका छैनन । मुक्तकको शिर्षक थियो क्रान्ति । जुन मुक्तकले त्यतिबेला बेग्लै तरंग उत्पन्न गरेको थियो । पहिलो सडक मुक्तकले नै उनी धेरैको नजरमा चिनिए । धेरै ठूला बडा भनाउँदाहरुको आँखाको तारो बने । तर, उनलाई तारिफ गर्ने पनि कम थिएनन् । किनकि त्यतीबेला कलाको बेग्लै महत्व थियो । कलाकारले उठाएका कतिपय विषयबस्तुका बारेमा राष्ट्रिय पंचायतमा समेत छलफल हुन्थ्यो । कलाकारिताले जनतालाई जागरुप गराउन बेग्लै उत्पे्ररणा दिन्थ्यो । यस्तो थियो उनको पहिलो मुक्तक
पाँच जनाको बीचमा पञ्चायती नाम राखे
मुठ्ठीभर व्याक्तिले शासन चलाए
शोषक राणाले त दरबार बनाए
उदारवादी पञ्चले त त्यो पनि जलाए ।
त्यो समयमा कसैको विरोध गर्नु खतरा थियो । उनको यो मुक्तकले उनी धेरै चोटी अञ्चलाधिस कार्यलय धाए । त्यतीबेला नाटक देखाउन अञ्चलाधिस कहाँ धाउनु पथ्र्यो । कमिक देखाउन पनि त्यस्तै गर्नुपथ्र्यो । पाँच औंला देखाउन पाईदैन थियो , त्यो पञ्चायतलाई भनेको ठहरिन्थ्यो । पशुपतिनाथ भन्दा राजालाई भनेको हुन्थ्यो । उनी भन्छन ‘त्यतीवेला हाम्रो कलालाई बन्देज लगाए पनि महत्व बेग्लै थियो । अहिलेको जस्तो प्रभावहिन थिएन ।’
२५ सय कन्याले घेरेपछि
[su_pullquote align="right"]कृष्णझैं उनी कन्याहरुबाट घेरिएका थिए ।[/su_pullquote]
एकेडेमीमा एउटा कार्यक्रम गरिएको थियोः काउकुती । यो प्रहसनमा उनले जनताको ससुराली टाइटलको कमेडी प्रस्तुत गरेका थिए । पिके क्याम्पसलाई उनले ससुरालीका रुपमा चित्रण गरेका थिए । एक कान दुई कान मैदान हुंदै सो विषय पिके क्याम्पसमा पुग्यो । विषयले तहल्का मच्चायो । क्याम्पसका पूरै छात्रा एकेडेमी पुगेर घेराऊ गरे । कृष्णझैं उनी कन्याहरुबाट घेरिएका थिए । तर, कृष्णलाई जस्तो लाडप्यार प्राप्त भएन । रिषले आगो भएका कन्याको आक्रोश प्राप्त गरे । कन्याहरुको रौद्र रुप उनले नजिकबाट नियाले ।
विषयले राजनीतिक रुप लिन थालेपछि उनले पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलनमा उनले प्रश्नमार्फत प्रष्टिकरण दिए । पिके क्याम्पसका विद्यार्थी कलेज डे«समा नै नगरकोट देखि फिल्म हलमा देखिएका थिए । त्यही दृष्टान्त दिएर उनले प्रश्न गरे, ‘यस्तो देखेपछि व्यङग्य गर्न किन नपाउने ?’ उनको त्यो प्रश्न दमकल सावित भयो । पिके क्याम्पसका छात्राहरुको आगो त्यसै निभ्यो ।
त्यतीवेला धेरै भन्न नपाएको कुराले उनलाई व्यंग्य गर्न अफ्ठ्यारो थियो । अहिले पनि उनलाई त्यस्तै अफ्ठ्यारो छ । नेताहरुलाई भन्न पाए पनि अहिले जात धर्मको कुरा गर्न नपाउने स्थितिले उनलाई केही गाह्रो भएको छ । उनी भन्छन् ‘अहिले राष्ट्रिय एकता भन्दा पनि जातिय एकता भएकाले देशमा द्धन्द मौलाएको छ ।’
पुरानो र नयाँ कलाकारबीच आकास र जमिनको अन्तर
[su_pullquote align="right"]‘निरन्तर रंगमञ्चमा रहेको पात्र हुं म ।’[/su_pullquote]
उनी समय र प्रविधिको गति सँगसँगै अगाडि बढेको कलाकार हुन । रंगमञ्चमा सबैभन्दा धेरै गाईजात्रा गर्ने उनी नै हुंन भन्दा फरक पर्दैन । २०३७ सालदेखि उनी निरन्तर नाटकमा छन् । मदनकृष्ण हरिवशं, सन्तोष पन्तको पाला देखि लिएर दिपकराज गिरीको पालासम्म उनी गाईजात्रामा निरन्तर छन् । उनी भन्छन्, ‘निरन्तर रंगमञ्चमा रहेको पात्र हुं म ।’ उनको जस्तो निरन्तरता आजसम्म कुनै कलाकारले दिन सकेका छैनन ।
हास्यव्यङ्ग्य क्षेत्रका सतिसाल शैलेन्द्र अध्ययनशील कालाकार हुन् । नयाँ कलाकारहरुले कला क्षेत्रलाई हलुका रुपमा लिएकोमा उनी दुःखी छन् । कलाकारको संख्या धेरै भएपनि गुणस्तरीय र कालजयी कलाको अनिकाल रहेको उनको ठम्याइ छ । उनी भन्छन् ‘पछिल्लो समयमा पनि नेपाली कला जगत परुम्परागत ढंगले गइरहेको छ । कोही पनि नयाँ कुरा गर्ने आँट तथा जाँगर नै गर्दैनन ।’ हिजो कडा मेहनतले कलाकार निखारिने गरेको भएपनि अहिले फाष्टफुड जमाना आएको भन्दै उनले आफ्नै क्षेत्रका लाई व्यंग्य गरे ।
बिक्नु ठूलो कुरो हैन टिक्नु ठूलो कुरो हो
नेपाली कलाकारलाई राम्रो काम गरे पेट पाल्न गाह्रो नभएको उनको अनुभव छ । उनका अनुसार साधना र मेहनत गरे कलाकारिता गरेर बाँच्न सकिन्छ । उनको यो लामो अनुभवले भन्छः कला जगतमा बिक्न भन्दा टिक्न कठीन छ । उनी दुवै मानेमा सफल भए , उनी कलाकारिता बिके पनि टिके पनि ।
[su_pullquote align="right"]‘यही प्रभावले नै म टिकिरेहेको छु बिकिरहेको छु ।’[/su_pullquote]
नेपालको स्ट्यान्डअप कमेडीमा उनी नै पहिलो कलाकार भए । आजसम्म स्ट्यान्ड अप कमेडी नै गरिरहेका छन् । उनलाई कमेडी गर्न साथी चाहिदैन, उनी स्टेजमा फरक गेटअपमा पनि देखिदैनन् । मान्छेलाई हसाउन उनको शब्द नै काफी छ । धेरै श्रोताहरुको मष्तिस्कमा उनका शब्दहरु लामो समयसम्म बसिरहन्छ । उनी भन्छन ‘यही प्रभावले नै म टिकिरेहेको छु बिकिरहेको छु ।’
उनले कमेडी मार्फत समाजको विभिन्न पक्षलाई घोचिरहेका छन । उनको यो घोचाई अझै लामो समयसम्म रहने उनी बताउछन । उनकै भाषमा भन्दा उनी यो क्षेत्रबाट न त कहिले भाग्छन्, नत कहिलयै थाक्छन् । न त कहिले हार्छन् नै । उनी भन्छन् ‘कला भनेको सस्कृति हो, यो बचाउन म निरन्तर लागिरहन्छु । ’
प्रस्तुति सागर बुढाथोकी
Shilendra Simkhada
Shilendra Simkhada By Sagar Budhthoki