राजनीति

 लामो विवाद पछि कांग्रेसले मन्त्रीको नाम छान्यो आजै शपथ ग्रहण

  लामो विवाद पछि कांग्रेसले मन्त्रीको नाम छान्यो आजै शपथ ग्रहण

भदौ १० । आन्तरिक खिचातानी अन्त्य गर्दै कांग्रेसले १३ मन्त्रीको नाम टुंगो लगाएको छ । सभापति शेरबहादुर देउवा पक्षबाट छानिएका मन्त्रीमा अर्जुननरसिंह केसी सहरी विकास, प्रकाशशरण महत परराष्ट्र, बालकृष्ण खांड रक्षा, जीवनबहादुर शाही पर्यटन, केशवकुमार बुढाथोकी सामान्य प्रशासन, सूर्यमान गुरुङ श्रम छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट कोषाध्यक्ष सीतादेवी यादव शान्ति तथा पुनर्निर्माण, दीपक गिरी सिँचाइ, रोमी गौचन थकाली वाणिज्य, नवीन्द्रराज जोशी उद्योग, हृदयराम थानी गरिबी निवारण तथा सहकारी मन्त्री हुने भएका छन् ।

त्यस्तै कृष्णप्रसाद सिटौला समूहबाट गगन थापा स्वास्थ्यमन्त्री बन्ने भएका छन् भने खुमबहादुर खडका समूहबाट शंकर भण्डारीले वन मन्त्रालय पाउने भएका छन् । सबै मन्त्रीको अन्तिम टुंगो लागिसकेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले जानकारी दिए । सबै मन्त्रीको नाम आइसकेको छ, आज शपथग्रहणमा यिनै नाम जाने छन् ।

Nepali Congress

विशेष