भ्रमणका बेला प्रचण्डले फास्ट ट्रयाक भारतलाई बेच्लान भन्ने डर माओवादी पार्टी भित्रै
भदौ १० । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण नजिकिँदै गर्दा उनको पार्टी माओवादी केन्द्रले निजगढ–काठमाडौं, फास्ट ट्रयाक, नौमुरे जलविद्युत आयोजना र पुलिस एकेडेमीमा भारतीय सहयोग नलिने निर्देशन दिएको छ ।
माओवादी केन्द्रभित्र गठन गरिएको सरकार सञ्चालन सहयोग समितिका नेताहरुले प्रधानमन्त्री दाहाललाई त्यस्तो निर्देशन दिएका हुन् । राष्ट्रियताको मामिलामा भारतसँग नचुक्न माओवादी नेताहरुले खबरदारी गरेपछि प्रधानमन्त्री दाहालले त्यस मामिलामा आफू सचेत र सजग रहेको प्रतिबद्धता व्यक्ति गरेका छन् ।
पार्टीका नेताहरुको निर्देशनपछि दाहालले आफ्ना विशेष दूत विमलेन्द्र निधिमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएको पत्रमा राजनीति र संवैधानिक विषय नरहेको प्रष्ट पार्दै आफ्नो भारत भ्रमणका क्रममा पानि आफू सतर्क रहने प्रतिबद्धता व्यक्ति गरे । अन्नपूर्ण पोस्टबाट