विचित्र विश्व

पूरै गाँउमा नै घरज्वाई !

पूरै गाँउमा नै घरज्वाई !

भारतको झारखण्ड राज्यको एक गाउँमा सबै पुरुष घरज्वाई बन्ने गर्दछन् । जमदेशपुरको आदित्यपुर एक त्यस्तो गाउँ हो जहाँ बसोबास गर्ने प्राय पुरुषहरु घरज्वाइ रहेका न् । यहाँ घरज्वाइको संख्या धेरै हुनुको कारण पनि रहेको छ । ६० को दशकमा जब आदित्यपुरमा औद्योगिक क्षेत्रको निर्माण तथा विकास भयो त्यहां काम गर्नका लागि दक्ष तथा बलवान मानिसको आवश्यकता पर्यो त्यस समयमा आदित्यपुरको मानिसहरुले आफ्नो घरमा ज्वाइहरुलाई बोलाएर उद्योगको कामको लागि घरज्वाँइ राखेका हुन् । किनकी त्यहाँका मानिसहरुका ज्वाइहरु प्राय खेती किसानी गर्ने गर्दथे ।

त्यसैकारण ति मानिसहरुका ज्वाइहरु पनि खेती किसानीको काम छाडेर उद्योगका काम गर्न ससुरालीमा आएका हुन् । त्यस पछि उक्त गाउँका मानिसहरुले बिस्तारै बिस्तारै ति ज्वाइहरुलाई जमिन दिएर घर पनि बनाइ दिएका थिए । हेर्दा हेर्दा बाझो खेतमा एक बस्ती नै बसेको थियो । पछि गएर त्यहाँ बसोबास गर्ने मानिसहरु प्राय आदित्यपुरका ज्वाइहरु थिए । त्यसपछि मानिसहरुले त्यस ठाउँको नाम नै जमाइपाडां राखेका थिए ।

Ghar Jwai

विशेष