विचित्र विश्व

पृथ्वी जस्तै ग्रह पत्ता लागेको खगोलविद्को दाबी

पृथ्वी जस्तै ग्रह पत्ता लागेको खगोलविद्को दाबी
new_planet_foundभदौ – १० । वैज्ञानिकहरुले अहिलेसम्म खोजिएको ग्रह मध्ये सूर्यबाट सबैभन्दा नजिक रहेको ग्रह फेला पारेका छन् । यो ग्रह भने पृथ्वी समावेश रहेको सौर्यमण्डलभन्दा बाहिर रहेको छ । सानो आकारको यो ग्रह सूर्यबाट नजिकको दुरीमा रहेको तारा प्रोक्सिमा सेन्चुरीलाई घुम्ने वैज्ञानिकहरुले बताएका छन् । खगोलशास्त्रीहरुले यस तारामा पहिले देखिनै ग्रह रहेको अनुमान गर्दै आएका थिए । जर्नल नेचरको प्रकाशित रिपोर्टका अनुसार यो ग्रहमा एलियन्सको अस्तित्व रहेको सम्भावना समेत छ । सूर्यबाट करिव ४ दशमलव २५ प्रकाश वर्ष टाढा रहेको ग्रहलाई अहिले ‘प्रोक्सिमा बी’ भन्ने नाम दिइएको छ । यसले प्रोक्सिमा सेन्चुरीलाई ११ दिनमा १ पटक घुम्छ । द वासिङ्टन पोष्टका अनुसार यो ग्रह पृथ्वीको तुलनामा १ दशमलव ३ गुणा ठूलो छ । सूर्यबाट सबैभन्दा नजिक रहेको यो ग्रहमा विकिरणको मात्रा उच्च छ । यसको बाहिरी सतको तापमान ४० डिग्री फरेनहाइट हुन्छ । यो ग्रहको बारेमा अहिले सम्म प्राप्त जानकारी अनुसार यो ग्रह पृथ्वी, बुध र मंगल जस्तै पर्वतहरु मिलेर बनेको छ । यसमा अनुमान गरिए जस्तै पृथ्वीका गुणहरु भएमा अन्य प्राणीहरुको अस्तित्व समेत हुने अनुमान बैज्ञानिकहरुको छ । यस विषयमा बैज्ञानिकहरुले खोजि गररहेका छन् ।

New Planet Proxima B

विशेष