जब अस्पतालले एम्बुलेन्स दिन इन्कार ग-यो
भदौ–१० । भारतको उडिसामा एक व्यक्तिले आफ्नो पत्नीको शव एक्लै काँधमा बोकेर १२ किलोमिटर सम्म हिँडेका छन् ।
जुन अस्पतालमा उपचारका क्रममा पत्नीको मृत्यु भएको थियो सो अस्पतालले एम्बुलेन्स उपलब्ध नगराएपछि पत्नीको शव उनले एक्लै बोकेर त्यति लामो दुरी हिँड्न बाध्य भएका हुन् ।
१२ किलोमिटर हिँडिसकेपछि पत्रकारको पहलमा उनले एम्बुलेन्स पाएका थिए ।
शव वाहनलाई दिने पैसा नभएपछि उक्त व्यक्तिले आफ्नो पत्नीको शव बोकेर हिँडेको भारतीय संचारमाध्यामहरुले जनाएका छन् ।
Hospital denies van
Poor Man
poor man made to carry dead wife on shoulder