राजनीति

बाँकि रहेका मन्त्रालय सम्हाल्न जाँदैन – फोरम लोकतान्त्रिक

बाँकि रहेका मन्त्रालय सम्हाल्न जाँदैन – फोरम लोकतान्त्रिक
Gachhadarभदाै - १० । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले बाँकि रहेका मन्त्रालय सम्हाल्न आफ्नो पार्टी सरकारमा सहमागीता नहुने बताएको छ । राजधानीमा पत्रकार सम्मलेन गर्दै फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले अहिले जुन् मन्त्रालय खालि छन् ती मन्त्रालयका लागि पार्टी सरकारमा सहभागी नहुने बताएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले चौंथोपटक मन्त्रिपरिषद् विस्तार गरेसँगै महिला, बालबालिका तथा समाजकल्याण, पशुपंक्षी विकास, विज्ञान तथा प्रविधि र खानेपानी तथा सरसफाइ मन्त्रालयमा मात्र मन्त्रीविहिन छन् । गच्छेदारले मन्त्री नियुक्त हुन बाँकि रहेका मन्त्रालयका लागि सरकारमा जाँदा पार्टीको अपमान हुने भन्दै आकर्षक मन्त्रालय दिने वातावरण बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरे ।

Bijaya Kumar Gachhedar Madeshi Forum

विशेष