राजनीति

ओली सरकारका विकृति जति सर्लक्कै प्रचण्ड सरकारमा स र्‍यो

ओली सरकारका विकृति जति सर्लक्कै प्रचण्ड सरकारमा स	र्‍यो

Prachanda copyभदौ ११ । प्रधानमन्त्री पुष्पकमल दाहालले तीन सातामै मन्त्रिपरिषद् तेस्रो पटक विस्तार गरी जम्बो बनाउने क्रम शुरु गरेका छन् । दाहालले शुक्रबार प्रमुख सत्ता साझोदार कांग्रेसका १३ जनालाई मन्त्री नियुक्त गरेका छन् । यो सहित मन्त्रिपरिषद सदस्य संख्या ३१ पुगेको छ । दाहालले चार मन्त्रालय पशुपंक्षी विकास, खानेपानी तथा सरसफाई, महिला, बालबालिका तथा समाज कल्याण र विज्ञान तथा प्रविधिमा मन्त्री नियुक्त गर्न बाँकी छ । दाहालले आफ्नो पार्टीको भागमा परेका ८ मध्ये चार मन्त्रालयमा राज्यमन्त्री नियुक्त गरिसकेका छन् । बाँकी ४ मन्त्रालयमा मन्त्री नियुक्त गर्दा मन्त्रिपरिषद ३५ सदस्यीय पुग्नेछ । ३० मन्त्रालयमध्ये बाँकी २६ मा समेत राज्यमन्त्री नियुक्त गरिइएमा मन्त्रिपरिषद ६१ सदस्य पुग्नेछ । संविधानमा संघीय (केन्द्रीय) सरकारमा बढीमा २५ सदस्यीय मन्त्रिपरिषद हुने व्यवस्था छ । मुलुकमा संघीयतालागु भएपछि मात्रै लागू हुने यो संवैधानिक व्यवस्था हो । यो प्रावधान अहिले नै लागू गर्नुपर्ने बाध्यता नभए पनि त्यसलाई पालना गर्नु नैतिक कर्तब्य हो । –कान्तिपुर दैनिकबाट

विशेष