विचित्र विश्व

१४५ वर्षसम्म जीवित रहेका व्यक्तिको यस्तो अभिव्यक्ति

१४५ वर्षसम्म जीवित रहेका व्यक्तिको यस्तो अभिव्यक्ति
भदौ – ११ । इन्डोनेसियाली एक व्यक्तिले इतिहासमै सबैभन्दा लामो समयसम्म जीवित रहेको दावी गरेका छन् । पछिल्ला पटक उनले एउटा अनौठो अभिव्यक्ति दिए अव यो म छिट्टै मृत्यु वरण गर्न चाहन्छु । जाभाको सर्गना बस्दै आइरहेका उनी हुन् म्बह गोथो । उनको जन्म डिसेम्बर ३१, १८७० मा भएको उनको जन्मदर्तामा उल्लेख गरिएको छ । Oldes Man in the earth-netra paudel त्यहाँको स्थानीय तथ्यांक विभागले पनि उनको जन्मदर्ता प्रमाणपत्र सक्कली भएको प्रमाणीत गरेको छ । यदी यो प्रमाण सहि हो भने म्बह गोथो अहिले १४५ वर्षका भए । यो मानव इतिहासकै सब भन्दौ धेरै जीवित रहेको तथ्यांक हो । पृथ्वीमा सबैभन्दा धेरै समय जीवित रहे पनि गोथोलाई अव आफू थोरै मात्र बाँच्ने इच्छा रहेको बताएका छन् । 'म मात्र मर्न चाहन्छु । किनकि मेरा सबै नातीनातिनाहरु स्वतन्त्र भइसकेका छन् ।' उनले स्थानीय मिडियालाई गत हप्ता बताएका थिए । उनका सहोदर १० दाजभाई उनले गुमाइसकेका छन् । त्यस्तै उनका चार श्रीमतीहरुको पनि मृत्यु भइसकेको छ । र छोराछोरीहरु मृत्यु भएको छ । अहिले उनको साथमा पनातीहरु नाती र पनातीहरु रहेका छन् । Oldes Man in the earth-netra paude उनका एक नातीका अनुसार गोथो १२२ वर्षको उमेरदेखि नै मृत्युलाई पर्खिएर बसिरहेका छन् । उनले भने आफ्ना छोराछोरी र श्रीमतीलाई गाडिएको चिहान नजिकै उनको लागि एउटा चिहान किनेर राखिएको छ । ’उनको त्यो चिहान २४ वर्ष अगाडि १९९२ मा तयार गरिएको थियो । तर, उनी अहिलेसम्म जीवितै छन्,‘ गोथोका नातीले भने । परिवार सदस्यका अनुसार उनका आँखा कमजोर भैसकेकाले टेलिभिजन हेर्न सक्दैनन् त्यसैले उनले धेरै समय रेडियो वरपर विताउने गर्दछन् । विगत तीनमहिना देखि उनलाई चम्चाले खुवाइदिनु पर्ने अवस्था छ । कमजोरीका कारण उनी आफै नुहाउन पनि सक्दैनन् । यति लामो समयसम्म बाँच्न सक्नुको रहस्य के हो भन्ने प्रश्नमा उनले भने ’यो एउटा धर्यता मात्र हो ।‘ तथ्यांक विभागका अधिकारीहरुले उनको जन्मदर्ता पूर्ण रुपमा प्रमाणीत नभएसम्म वल्ड रेकर्डमा दर्ता नगर्ने जनाएका छन् । १२२ वर्षको उमेरमा मृत्यु भएका एक फ्रान्सेली नागरीक जेन्नी काल्मेन्ट हुन् उनको १९९७ मा मृत्यु भएका थियो । द टेलिग्राफ

Oldest man in the world Waiting For Death

विशेष