राजनीति

मैले भारतसँग माफी मागेको छैन, माग्दिनँ पनि – प्रधानमन्त्री प्रचण्ड

मैले भारतसँग माफी मागेको छैन, माग्दिनँ पनि – प्रधानमन्त्री प्रचण्ड

Prachanda copyभदौ १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फास्टट्रयाक नेपालले बनाउने दोहोर्‍याएका छन् । प्रतिपक्षी एमालेले फास्ट ट्रयाक र भारतीय समकक्षी मोदीलाई प्रधानमन्त्री प्रचण्डले पठाएको विषयमा आंशका व्यक्त गरेको थियो । सोही विषयमा कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले भारतलाई दिन लागेको भनि प्रतिपक्षी एमालेले प्रचार गर्नु दुःखद रहेको बताएका छन् । हुँंदै नभएको कुराको गलत प्रचार गरेर एमाले क्षणिकतामा रमाउन खोजेको देख्दा आफुलाई दुःख लागेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

आफ्नो दलसमेत सहभागी सरकारले फास्ट ट्रयाक नेपालले बनाउने निर्णय गरेको र सोका लागि आफूले पहल गरेको दाबी गर्दै प्रचण्डले एमालेलाई गलत प्रचारमा नलाग्न आग्रह गरेका छन् ।

एमालेले औपचारिकरुपमै प्रधानमन्त्रीद्वारा भारतीय समकक्षी मोदीलाई पठाइएको पत्रमा आंशका व्यक्त गरेको थियो । प्रधानमन्त्री प्रचण्डले उपप्रधानमन्त्री विमलेन्द्र निधिमार्फत मोदीलाई पठाएको पत्रमा फास्टट्रयाक भारतलाई दिने, भारतसँग मिलेर काम गर्ने, भारतले चाहेअनुसार संविधान संशोधन गर्ने र भारतको विकासमा सहयोग गर्नुपर्ने लगायतका विषय समेटिएको भनि व्यापक आंशका व्यक्त गरिएको थियो । प्रधानमन्त्री प्रचण्डले सो पत्रमा कुटनीतिक मर्यादाका लागि लेखिएको र दुई देशका प्रधानमन्त्रीको आपसी भ्रमणका बारेमा मात्र केन्द्रीत रहेको स्पष्ट पारेका छन् । उनले अर्थको अनर्थ लगाएर राजनीतिक बेइमानी नगर्न विपक्षी एमालेसँंग आग्रह गरेका छन् ।

नेपाल टेलिभिजनमा प्रशारण हुँंने प्रधानमन्त्रीसँग सिधा कुरामा प्रधानमन्त्री प्रचण्डले भारतपछि आफु संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने बताएका छन् । त्यसपछि प्रधानमन्त्री प्रचण्ड एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन पुनः भारत जाने छन् । दोहोराएर भारतको भ्रमण गरेपछि प्रधानमन्त्री चीन जाने उनले संकेत गरेका छन् ।

यसअघिसम्म साप्ताहिकरुपमा प्रत्यक्ष प्रशारण हुँदै आएको प्रधानमन्त्रीसँग सिधा कुरा अब पाक्षिकरुपमा प्रशारण हुँंने बताइएको छ ।

विशेष