जसरी भए पनि यो देशलाई बर्बादै पार्ने कुरा मात्रै गर्छन् उपेन्द्र यादव
भदौ १२ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पुष्पकमल दाहालको अवोधपनका कारण नेपालको छिमकी मुलुकसँगको सम्बन्ध झन पेचिलो बनेको टिप्पणी गरेका छन् ।
‘दाहालले बचपना सोचका कारण पहिलेदेखि बिग्रिरहेको सम्बन्ध सुधार्ने नाउँमा झनै पेचिलो बन्न पुग्यो , संघीय गठबन्धनले शनिबार जनकपुरमा आयोजना गरेको बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गनदैै यादवले भने ‘बढि बाठो बनेको देखाउन एर्कैचोटि दुवै छिमेकी मुलुकमा दूत खटाइए । तर, त्यसले सम्बन्ध सुध्रिनुको सट्टा दुवै देशले सरकारलाई शंकाको दृष्टिले हेर्न थालेका छन् ।’
यो घटनाले दाहाल अन्तर्राष्ट्रिय कूटनीतिमा कति कमजोर छन् भन्ने प्रष्ट भएको उनको कथन थियो । दाहाल सरकारको उल्टो दिनगन्ति शुरु भइसकेको पनि उनले बताए । नागरिक दैनिकबाट