राजनीति स्वास्थ्य

स्वास्थ्य क्षेत्रमा प्रचण्ड सरकारको उपहारः डा. केसीको माग संसदबाटै खारेज

स्वास्थ्य क्षेत्रमा प्रचण्ड सरकारको उपहारः डा. केसीको माग संसदबाटै खारेज

Prachanda 34भदौ १३ । सत्तासीत कांग्रेस र माओवादी केन्द्रले अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि संसदमा छलफल गराउन नहुने अडान लिएपछि उक्त प्रस्ताव रद्द भएको छ ।

सभामुख ओनसरी घर्तीद्वारा गठित प्रस्ताव छनोट समितिमा कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले संवैधानिक निकायका पदाधिकारीविरुद्ध ध्यानाकर्षणको प्रस्तावमा छलफल गर्न संसद नियमावलीले नदिने भन्दै कार्कीविरुद्धको प्रस्ताव अघि बढाउन नहुने अडान राखेका थिए ।

कांग्रेस सांसद हाल मन्त्री गगन थापा प्रस्ताव, धनराज गुरुङ र श्याम श्रेष्ठ समर्थक रही चिकित्सा क्षेत्रको समग्र सुधार र अख्तियार प्रमुख कार्कीविरुद्ध डा. गोविन्द केसीले लगाएको आरोपका विषयमा छलफल गर्नुपर्ने भन्दै भदौ ६ गते संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको थियो । अन्नपूर्ण पोस्ट्बाट

विशेष