प्रचण्डले राजेन्द्र महतोसँग गरेछन् पत्याउने नसकिने कुरा
भदौ १३ । प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका बाँकी माग यसै साताभित्र पूरा गरेर ऊसँग संविधान संशोधनको प्रस्ताव भदौं अन्तिम साता संसदमा प्रस्तुत गर्ने गरी मोर्चालगायतका गठबन्धनसँग सहमतिसाथ अघि बढ्ने दाहालले आइतबार सद्भावना अध्यक्ष राजेन्द्र महतोसँगको भेटमा बताए ।
महतोसँगको वार्ताका क्रममा दाहालले व्यक्ति गरेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘मोर्चाका साथीहरु ढुक्क हुनुहोस्, सत्ता पक्षसँग सहमति गरी मोर्चाको समर्थनसाथ यसैसातादेखि संविधान संशोधनको प्रक्रिया आरम्भ हुनेछ । हामीबीचको सहमतिको दस्ताबेजलाई लिएरै प्रमुख प्रतिपक्षी दल एमाले र राप्रपा नेपालसँग सहयोगका लागि अघि बढ्नेछु । ’–अन्नपूर्ण पोस्ट्बाट