राजनीति

क्रान्तिकारीका उम्मेद्वारले मतपत्र च्याते, स्ववियुकाे मतगणना रोकियो

क्रान्तिकारीका उम्मेद्वारले मतपत्र च्याते, स्ववियुकाे मतगणना रोकियो
matadan patraभदौ – १३ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तरगत मतगणनाको काम रोकिएको छ । मतगणनाको कार्य करिव अन्तिम चरणमा पुगेको बेला नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले मतपत्र च्यातेकाले गणनाको काम रोकिएकको हो । अन्तिम चरणमा ४० वटा मत गणना गर्न बाँकी रहेको बेला अखिल क्रान्तिकारीका तर्फबाट अध्यक्षका उम्मेद्वार राजेन्द्र बुढाले मतपत्र च्यातेका थिए । त्यसअघिसम्म अध्यक्षमा नेपाली काँग्रेस निकट नेवि संघका उम्मेद्वार झक्क बहादुर शाहीले अग्रता लिएका थिए भने सचिवमा नेकपा एमाले निकट अनेरास्ववियूका भरत शाहीले अग्रता लिएका थिए । नेपालको सवैभन्दा ठूलो र जेठो विश्वविद्यालय त्रिभूवन विश्वविद्यालयले आफ्नो स्ववियू निर्वाचन विगत नौ वर्षदेखि गर्न सकेको छैन । तर, स्थापनाको केहि वर्षमै मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्ववियू निर्वाचन गरेको हो ।

Madyapachimanchal biswobidhayaly Surkhet Bishwbidhayalay university

विशेष