विचित्र विश्व

ट्वाइलेटमा खसेको मोबाइल झिक्न खोज्दा

ट्वाइलेटमा खसेको मोबाइल झिक्न खोज्दा
in side the toiletभदौ – १३ । नर्वेमा एक युवकले ट्वाइलेटको ट्याङ्किमा एक घण्टा फसेका छन् । सार्वजनिक ट्वाइलेटमा खसेको साथीको मोबाइल फोन निकाल्न खोज्दा २० वर्षे क्याटो बैंट्सन लार्सनले निकै कष्ट भोगेका छन् । ट्याङ्कि फुटाएर उनको उद्धार गरिएको थियो । उनले आफ्नै मर्जिले ट्याङ्कीमा छिरेको बताएका छन् । ट्याङ्की नालामा नजोडिएको र बर्षमा एक पटक मात्रै सफा गर्ने भएका कारण मोबाइल भेटिने आशामा बिना सोच छिरेका थिए । ‘साथीले ट्वाइलेटमा मोबाइल खसालेपछि चिच्चायो ’, उनले भने त्यसपछि म बिना सोच ट्याङ्कीमा छिरेँ । आफू दुब्लो भएकाले ट्याङ्कीमा छिरेको तर बाहिर आउन नसकेको बताए । तत्कालका लागि सार्वजनिक शौचालय बन्द गरिएको बिबिसीले जनाएको छ । यति गर्दा पनि उनले साथीको फोन भने निकाल्न सकेनन् ।

mobile fall in the toilet Public Toilet toilet Trap in the toilet

विशेष