विचित्र विश्व

हजारौँ वर्ष अघिका हात्ती लाेप हुनुकाे रहस्य यस्ताे रहेछ 

हजारौँ वर्ष अघिका हात्ती लाेप हुनुकाे रहस्य यस्ताे रहेछ 
शरीरभरी बाक्लो कालो उन तथा माथितिर घुम्रिएको दाह्रा भएको हात्तीको प्रजाति उली म्यामथ हो । हामीले कुनै चलचित्र वा डकुमेन्ट्रिमा यस हात्तीको प्रजाति ‘उली म्यामथ’देख्न सक्छौँ । अहिले भने यो प्रजाति पूर्ण रुपमा लोप भइसकेको छ ।  Mymath-elephent यसको अन्तिम समूह पिउने पानीको अभावका कारण सकिएको वैज्ञानिकले बताएका छन् । पृथ्वीको तापक्रम बढ्दै जाँदा हिम युगको उली म्यामथ पिउने पानीको अभाव भएर तिर्खा मेट्न नसकेकै कारण मरेको हुन सक्ने वैज्ञानिकको भनाई छ ।  अमेरिकाको अलास्का राज्यको ग्रामीण क्षेत्रमा रहेको उली म्यामथको अन्तिम समूह पाँच हजार ६ सय वर्ष अघि मरेको उनीहरुले बताएका छन् । यो प्रजातिका अधिकांश हात्ती झण्डै १० हजार ५ सय वर्ष अघि नै मरेको भएपनि अलास्कामा रहेको अन्तिम समूह समूद्रको नजिक बस्ने भएकाले थप ५ हजार वर्ष बाच्न सफल भएको बताइएको छ । शरीरभरी बाक्लो कालो उन तथा माथितिर घुम्रिएको दारा भएको हात्तीको प्रजाति उली म्यामथ हो ।

Mymal Elephant

विशेष