राजनीति

यी दुई ‘मुसा’ प्रवृत्तिका नेतालाई अझै मन्त्री हुने आशा

यी दुई ‘मुसा’ प्रवृत्तिका नेतालाई अझै मन्त्री हुने आशा

Aknath Dhakalभदौ १४ । परिवार दलका एकनाथ ढकाल र दलित जनजाति पार्टीका विश्वेन्द्र पासवानको प्रचण्ड सरकारमा सहभागी हुने सपना पूरा नहुने भएको छ । ढकाल र पासवानले केपी ओली सरिकारको मन्त्री पदबाट राजीनामा नै नदिई प्रधानमन्त्रीमा प्रचण्डलाई भोट दिएका थिए ।

जहाजमा प्वाल परेपछि मुसाले छाडेझै नैतिकता नै विर्सेर मन्त्रीको झन्डा हल्लाउँदै ढकाल र पासवानले प्रचण्डलाइ भोट हालेका थिए । प्रचण्ड सरकारमा १५ मन्त्रालय कांग्रेसले ८ मन्त्रालय माओवादीले बाँडी सकेका छन् । बाँकी चार मन्त्रालय छन् । महिला, बालबालिका, विज्ञान प्रविधि, खानेपानी र पशुपंक्षी विकास मन्त्रालय । यी मन्त्रालयमा भए पनि जान पाए हुने आशा लिएर यी दुई नेता बसिरहेका छन् । ती चार मन्त्रालय हाम्रो लागि छुट्टयाइएको हो भन्दै हल्ला पीटाउने कार्य ती एक दुई सिटे पार्टीका नेताहरुले गरिरहेका छन् । दृष्टि साप्ताहिकबाट

विशेष