राजनीति

क्याबिनेट बैठकमा नेताहरुबिच चर्काचर्की भएपछि

क्याबिनेट बैठकमा नेताहरुबिच चर्काचर्की भएपछि
cabinate भदौ – १४ । मधेसको माग सम्बोधन गर्ने र आन्तरिक राष्ट्रियता सुदृढ गर्न भन्दै प्रधानमन्त्री पदमा निर्वाचन भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोही विषमया सहमति जुटाउने प्रयासस्वरुप मंगलबार प्रमुख तीन दलको बैठक बोलाएका थिए । बैठक कक्ष क्याबिनेट हल तोकिएको थियो । एमाले, कांग्रेस, माओवादी केन्द्रका नेताहरु सहभागी भएका थिए । सबै बैठक कक्षभिब प्रवेश गरे र प्रचण्डले छलफल गर्ने विषयहरु तयार गरिसकेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली स्वास्थ्योपचारका लागि सिंगापुर र बैंकक गएका कारण दुवै दलका दोस्रो तहका नेताहरु बालुवाटार पुगेका थिए । प्रधानमन्त्री दाहालले सुरुमै आफ्नो धारणा राखे । उनले संविधान कार्यान्वयन, स्थानीय तहको निर्वाचन, स्थानीय निकाय पुर्नसंरचना आयोगको काम तथा मधेस समस्या समाधानको विषयमा धाराणा राखे। दोस्रो वक्तको रुपमा एमाले उपाध्यक्ष भीम रावलले विषय उठान गरे। उनले प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लेखेको पत्र, दुवै छिमेकी मुलुकमा विशेषदूत पठाएको विषय र मुख्य रुपमा नेपालको संविधान संशोधनका विषयमा भारतीय नेताहरुसँग भएको छलफलप्रति आपत्ति जनाए। उपाध्यक्ष रावलले प्रधानमन्त्रीका विशेष दूतका रुपमा दिल्ली गएका उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले संविधान संशोधनका विषयमा भारतीय नेताहरुसँग छलफल गरेको विषय उठाए । जवाफमा उपप्रधानमन्त्री निधिले आफूले संविधान संशोधनका विषयमा भारतीय नेताहरुसँग छलफल नगरेको र सामान्य राजनीतिक कुराकानी भएको उल्लेख गरे । त्यसपछि एमाले उपाध्यक्ष रावलले दिल्लीस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्ति निकालेर वाचन गरेका थिए । जसको बुँदा नम्बर २ मा नेपालको संविधान संशोधनबारे भारतीय नेताहरुसँग छलफल भएको उल्लेख छ । रावलले दूतावासको विज्ञप्ति पढेर सुनाएपछि निधिले ‘त्यस्ता छलफल त कति गरियो गरियो, संविधान जारी गर्ने बेलामा कुन मुलुकले कति फन्डिङ गरे त्यो तपाइँकै ल्यापटमा होला हेर्नुस्’ भनेपछि स्थिति असहज बन्यो। त्यसपछि बैठकमा सहभागी एमाले नेताहरु निकै आक्रमक मुडमा देखिए । विशेषगरी भिम रावल बढी आक्रमक देखिए । उनले कुन मुलुकले कति फन्डिङ गरेको हो सो देखाउन निधिलाई चुनौती दिए । निधिले सोको प्रमाण आफूसँग रहेको बताए । बैठक असमान्य दिशातर्फ अगाडि बढेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निधिको संविधान बनाउन धेरै मुलुकले सुझाव दिए पनि संविधान नेपाली आफैँले बनाएको भन्दै स्थिति साम्य पार्ने प्रयास गरे । प्रधानमन्त्री दाहालले निधिको भनाइ खण्डन गरेपछि एमाले नेताहरु केही शान्त भएका थिए । बैठकमा एमालेकातर्फबाट कार्यवहाक अध्यक्ष बामदेव गौतम, उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली, कांग्रेसकातर्फबाट रामचन्द्र पौडेल, प्रकाशमान सिंह, रामशरण महत पूर्णबहादुर खड्का अर्जुननरसिंह केसी सहभागी थिए । माओवादी केन्द्रबाट अध्यक्ष दाहाल नारायणकाजी श्रेष्ठ तथा रामबहादुर थापा सहभागी थिए ।

Baluwatar cabinate baithak pm puspa kamal dahal prachanda

विशेष