त्यसपछि अनिताले प्रचण्डलाई भनिछन्, ‘म त प्रेगनेन्ट हो नी’
भदौ १५ । क्याविनेटमा महिला पठाइएन भनी माओवादीभित्र कोकोहोला मच्चिरहेको छ । तर, मन्त्री बनाउन ठीक्क पारिएकी सांसदले अन्तिममा आफ्नो समस्या बताएपछि प्रचण्ड पछाडि हटेको खुलासा भएको छ ।
कपडासमेत सिलाइसकेकी अनिता परियारसहितका नयाँ मन्त्रीलाई व्रिफिङका लागि प्रचण्ड बोलाएको खबर बीना मगरले गरिन् । अनिताले सोझै प्रचण्डलाई फोन गरेर ‘डाक्टरको टाइमका कारण आइपुग्न ढिलो हुने भयो’ भनिन् । यसी डाक्टरकै टाइमको कुरा आएपछि स्वाभाविक हो, प्रचण्डले समस्या जान्न चाहे । भनिन्,‘म त प्रेग्नेन्ट हो नि । तर, गर्भावस्थामा पनि काम गर्न सक्ने आँट साँचेकी थिइन् अनिताले । दुई छोरी जन्माइसकेकी अनिताको गर्भमा छोरो रहेको रिपोर्ट प्रचण्डलाई गरिन् । पं्रचण्डले भने, ‘उसो भए रेस्ट गर्नुस । अहिले आउनु परेन ।’ जनआस्था साप्ताहिकबाट