बाबुरामको पालामा हिसिला, सुशीलको पालामा मृदुला, अहिले प्रचण्डको पालामा बीना मगरको राइँदाइँ
भदौ १५ । बाबुरामको पालामा हिसिला, सुशीलको पालामा मृदुला, केपीको पालामा निरुदेवी भएजस्तै अहिले बालुवाटारको बाटो बीना मगरबाट ब्लक भएपछि तीन नम्बर गेटबाटै बमबम भएर फिर्ता हुने कार्यकर्तार्र्का लर्को लाग्ने गरेको छ ।
बीनाको कारणले प्रचण्ड कोटरीमा पहिलो दिनबाटै वितण्डा शुरु भयो । संसद भवनमा प्रधानमन्त्री निर्वाचित भएलगत्तै बीनाले डेरा बसिरहेका बाुबआमालाई फोन गरेर लाजिम्पाट बोलाइन ।
र प्रचण्ड छिर्नासाथ फूलमालासहित सम्धि–सम्धिनी भेटघाट भयो । सम्धि भेटको फोटो उनले फेसबुकै अपलोड गरिन् । तर आधा घन्टा पनि टिक्न पाएन । सम्धिभेटको फोटो हालिन् तर कमेन्टमा यति गाली बर्सिए, लाजैमर्दो । नारायणकाजी र बालहरु त यो ताल देखेर हैरान छन् । जनआस्था साप्ताहिकबाट