हेलिकोप्टर चढेर स्कुल उद्घाटनमा पुगे मन्त्री
भदौ १५ । वाणिज्यमन्त्री रोमी गौचन थकाली डाइनेस्टिक हेलिकोप्ट चार्टर गरी गोरखाको एक विद्यालय भवन उद्घाटन गर्न पुगेका छन् । ।
काठमाडौंबाट करि डेढ सय किलोमिटर टाढा रहेको गोरखाको महालक्ष्मी उच्च मावि, ताप्लेस्थित ननविनिर्मत भवन उद्घाटन गर्न मन्त्री गौचन एक लाख रुपैयाँभन्दा बढी खर्च गरेर पुगेका हुन् । उनी मंगलबार दिउँसो साढे एक बजे कार्यक्रम उद्घाटन स्थलमा पुगका थिए । मन्त्री अवतरण हुन लाग्दा हेलिकोप्टरको हावाले उडाएको प्रवेशद्वारको काठले लागेर ९० वर्षीय वृद्ध घाइते भएका छन् । अन्नपूर्ण पोस्टबाट