विचित्र विश्व

गर्भ रहेको १७ महिनापछि सन्तान जन्माउने यी महिला

गर्भ रहेको १७ महिनापछि सन्तान जन्माउने यी महिला
भदौ – १५ । सामान्यतया महिलाले गर्भ धारण गरेको ९ महिनामा बच्चा जन्माउँछन् । तर, चीनमा एक महिलाले गर्भ रहेको १७ महिनापछि एक सन्तानलाई जन्म दिएकी छन् । २०१५ को फ्रेबुअरीमा उनको गर्भ रहेको थियो । त्यसको ५ सय १७ दिन अर्थात १७ महिना वितेपछि ती युवती सन्तान जन्माउन सफल भएको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् । चीनको हुनान प्रान्त घर भएकी ाङ सी नाम गरेकी ती युवती गर्भ रहेको ९ महिनापछि बच्चा जन्माउन भन्दै अस्पतालमा पुगेकी थिइन । तर डाक्टरहरुले गर्भमा राम्रोसँग सालनालको विकास नभएको भन्दै घर फर्काइदिएका थिए । त्यसपछि उनी पुनः १४ महिनापछि अस्पताल पुगिन तर त्यो बेला पनि चिकित्सकहरुले बच्चा जन्माउने समय आइनसकेको भन्दै फर्काएका थिए । गर्भमा बच्चा रहेको १४ महिनासम्म पनि सुत्केरी हुन नपाएकी ती महिलाले गत अगष्टमा १८ मा ठीक १७ महिना पछि एक स्वस्थ शिशु जन्माउन सफल भइन । सो बच्चाको तौल ३ किलो ८ सय ग्राम रहेको थियो । यस अघि सन् १९४५ मा अमेरिकाकी एक युवतीले ३ सय ७५ दिनपछि बच्चा जन्माएकी थिइन् । –एजेन्सी

विशेष