तमलोपाको प्रवक्तामा श्रीवास्तव

भदौ - १५ । तराई–मधेस लोकतान्त्रिक पार्टीले प्रवक्तामा विमलप्रसाद श्रीवास्तवलाई जिम्मेवारी दिएको छ ।
“पार्टीको विधान, २०६४ को पहिलो संशोधनको दफा १४(ग) को अनुसार पार्टीको प्रवक्ता पदमा श्रीवास्तवलाई चयन गरिएको छ”–अध्यक्ष महन्त ठाकुरद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।
पार्टीको समग्र हितमा समर्पित भई आफ्नो जिम्मेवारी पालनाको निमित्त सम्पूर्ण क्षमताका साथ कार्य गर्ने विश्वास गर्दै प्रवक्तामा चयन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
Bimalprasad Shreewastab
Tamalopa
