राजनीति

स्ववियु निर्वाचनः यस पालि जसरी पनि सम्पन्न गरिने

स्ववियु निर्वाचनः यस पालि जसरी पनि सम्पन्न गरिने
भदौ - १७ । त्रिविले आगामी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि तीन प्रमुख विद्यार्थी सङ्गठनसँग शुक्रबार छलफल गरेको छ । Sobiu election त्रिविले नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)का पदाधिकारीसँग आगामी स्ववियु निर्वाचनका बारेमा छलफल गरेको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी गराए । “आगामी स्ववियु निर्वाचनका अप्ठेरा र चुनौतीलाई कसरी समाधान गरेर चुनाव गर्न सकिन्छ भनेर छलफल गर्न बोलाउनु भएको थियो” उनले भने – “यस पटक स्ववियु निर्वाचन जसरी पनि गराउनुपर्छ भन्नेमा सबैको एक मत भयो ।” छलफलमा त्रिविका उपकुलपति प्रा डा तीर्थ खनियाँले लामो समयदेखि त्रिविको एक अङ्ग स्ववियु चुनाव नहुँदा त्रिवि नै अपाङ्ग भएको बताउँदै अब जसरी पनि निर्वाचन गरिने प्रतिबद्धताका साथ विद्यार्थी नेतालाई निर्वाचन गर्न सहयोग गर्न आग्रह गरे । शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीले संयोजकत्वमा गठित निर्वाचन तयारी समितिको कामकाजको प्रक्रियालाई अगाडि बढाइने सहमति भएको जनाइएको छ । छलफलमा त्रिवि रजिस्ट्रार डिल्लीप्रसाद उप्रेती, नेविसङ्घका अध्यक्ष नैनसिँह महर, अनेरास्ववियुका उपाध्यक्ष रश्मि आचार्य र अखिल(क्रान्तिकारी)का अध्यक्ष नरेन्द्र न्यौपाने सहभागी रहनुभएको थियो । त्रिविले आगामी फागुन १४ गते स्ववियु निर्वाचनको मिति तोकेको छ । त्रिविमा पाँच वर्षदेखि स्ववियु निर्वाचन हुन सकेको छैन । रासस

Sobiu Election TU

विशेष