राजनीति

‘पत्र सार्वजनिक नगर्नु नै संविधान संशोधनमा भारतको सहयोग लिन खोजेको प्रमाण’

‘पत्र सार्वजनिक नगर्नु नै संविधान संशोधनमा भारतको सहयोग लिन खोजेको प्रमाण’
File photo of CPN-UML leader Bhim Rawal and Nepali Congress leader Bimalendra Nidhi. Photos: THT

भदौ १८ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीलाई लेखेको पत्रलाई लिएर सत्तारुढ कांग्रेस र एमालेबीचको विवाद फेरि चर्किएको छ ।

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिमार्फत दाहालले पठाको पत्रमा संविधान संशोधन गर्न भारतीय सहयोग मागेको आरो एमालेले लगाउँदै आएको छ । यहि विषयलार्य लिएर यसअघिका बैठकमा समेत दुई दलका नेताबीच पटकपटक आरोपप्रत्यारोप भइसकेको छ ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रमसमितिमा शmुबार भएको बैठकमा फरि दुई दलका नेताबीच पत्रका विषयमा विवाद भएको छ ।  ‘पटक पटक दाहालको पत्र सार्वजनिक गर्न माग गर्दा पनि सरकारले त्यसलाई बेवास्ता गरिरहेको छ’ एमाले उपाध्यक्ष भीम रावलले भने, ‘त्यो पत्र सार्वजनिक नगर्ने हो भने दाहालले संविधान संशोधनमा भारतको सहयोग लिन चाहेको पुष्टि हुन्छ ।’ –नागरिक दैनिकबाट

विशेष